चैत्र २७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनवाई र दुर्व्यसनी विरुद्ध आमाहरु विषयक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङद्धारा साकेला गाउँपालिकाको सभाहलमा सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई र ‘दुर्व्यसनी विरुद्ध आमाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यक्ष राईले राज्यको कानूनले सबैलाई समान रुपमा देख्न सक्नुपर्नैमा हाम्रो देशको कानूनले ठूला मान्छे, आफ्ना मान्छे, पैसावाल र दुष्मन पराईलाई देख्ने र आफ्नालाई जोगाएर पराईलाई कारवाही गर्ने गलत परम्परा रहदै आएको भन्दै अब यस्तो परम्पराको अन्त्य गरि कानून सबैका लागि बराबर हुन्छ भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो–‘समाज रुपान्तरणमा आमा दिदीबहिनीहरुको ठूलो साथ रहने भन्नुहुँदै दुव्र्यसन समाजको घातक रोग हो यसको निर्मूलीकरणमा उहाँहरुको ठूलो भूमिका रहने हुँदा ‘दुर्व्यसनीदुव्र्यसनी विरुद्ध आमाहरु’ अभियानलाई हामी सबैले साथ सहयोग गरेर सशक्त रुपमा कार्यान्वयन गरिनेछ ।’
कार्यक्रममा सहभागि भएका अधिकांश नागरिकहरुले भवितव्य परि ज्यान गुमाएका, आत्महत्या, दुर्घटनाका कारण ज्यान गुमाएका व्यक्तिहरुको शव परीक्षणका लागि सदरमुकाम सम्म पुर्याउँदा वर्षादको समयमा अत्यन्तै समस्या हुने गरेको र पारिवारिक रुपमा समेत आर्थिक समस्याका कारण आफन्त गुमाएका परिवारलाई थप पीडावोध हुने गरेको गुनासो गर्दै पालिकास्तरमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
त्यस्तै, जङ्गली जनावर बाँदरको कारण दिनप्रतिदिन बसाईसर्नेहरुको संख्यामा वृद्धि भएको बताउँदै बाँदरबाट कृषि उपज अन्नबाली जोगाई कृषकलाई सहज तरिकाले जीवनयापन गराउने वातावरण तयार गर्न समेत सहभागिहरुले माग राखेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले प्रहरीले गर्ने हरेक काममा नागरिकको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । प्रहरीले कानून बनाउने हैन बनेका कानूनलाई पालना गराउने काममा सहयोग गरिरहेको हुन्छ उहाँले भन्नुभयो –नागरिक आफै पनि बिना बर्दीको प्रहरी हो, समाजमा भईरहेका विकृति र विसङ्गति विरुद्धमा नागरिक तहबाटनै खबरदारी गरि सचेतना फैलाई जागरुक बन्न सके अपराध रोकथाममा टेवा पुग्ने प्रनाउ खड्काले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व सांसद कूल प्रसाद फुयाँल, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर बम लगायतले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नागरिकहरुको तर्फबाट साकेला माविका प्रअ शिवेन्द्र कुमार राई, सरस्वती माविका प्रअ शितल राई, गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राई, नेकपा एमालेका नेता दूधराज तामाङ, शिक्षक ईन्द्रकुमार तामाङ, नेपाली काँग्रेस कोशी प्रदेश सदस्य शान्तिकला राई, उद्योग वाणिज्य संघको तर्फबाट जगबहादुर श्रेष्ठ, स्थानीयबासीहरु मनोज खत्री, भोलाप्रसाद फुयाल, कल्याण कुमार राई लगायतले साकेला गाउँपालिकाभित्र भएका नागरिकको विभिन्न समस्या र सोको समाधानबारे आ–आफ्नो सुझाव र प्रश्न राख्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !