चैत्र २९, २०७९ , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसीतुवाचुङ नगरपालिकाले नागरिकहरुलाई सेवा प्रदान गरिने स्थानीय सरकारको प्रारम्भिक थलो वडा तहको भौतिक पूर्वाधारमा जोड दिएको छ । नागरिकलाई प्रत्यक्ष सेवा दिने प्रमुख विन्दु वडा कार्यालय सुरक्षित र व्यवस्थित हुनुपर्छ भन्ने मान्यताकासाथ नगरपालिकाले वडा नं. ७ हलेसीको कार्यालय भवनको वैदिक विधि अनुसार आज विहान ७ वजेको साइतमा शिलन्यास गरेको हो ।
राष्ट्रिय योजना आयोगबाट विनियोजित सशर्त अनुदान र नगरपालिकाको वजेट समेत संयुक्त लगानीमा वडा नं. ७ को कार्यालयको साविक वडा भवन रहेकै जग्गामा सार्वजनिक शौचालय सहित दुई तले नयाँ भवन निर्माण हुने जनाइएको छ । भुइतलामा आन्तरिक श्रोत व्यवस्थापनका लागि चार कोठा र माथिल्लो तलामा कार्यालय प्रयोजनका लागि तीन कोठा निर्माण गरिने वडाध्यक्ष कमल गीरिले बताउनुभयो ।
शिलन्यास कार्यक्रममा नगरप्रमुख विमला राई, उपप्रमुख रमेश राउत, प्रमुख प्रशासकीय अधिकृत.कैलाशबहादुर ठकुराठी, अधिकृत रविकरिण आर्चाय, वडाध्यक्ष कमल गीरि, वडा सदस्यहरु,वडाका कर्मचारी लगायत वडावासीहरुको उपस्थिति रहेको थियो ।
नगरपालिकाभित्रका वडा नं.१, २, ३ र ७ नं.वडाका लागि राष्ट्रिय योजना आयोगबाट सशर्त अनुदानका रुपमा विनियोजित रकम रु १ करोड र नगरपालिकाको साझेदारीमा नगरपालिकाका चार वडा कार्यालयका भवन निर्माण गरिने क्रममा वडा नं. ७ वडा कार्यालयका लागि विनियोजित रकम रु. ७९ लाख वजेटमा रु ५५ लाखमा टेण्डर प्रकृयाबाट व्रदर्श युनाइटेड कन्स्ट्रक्सन ललितपुरले ठेक्का पारी यो भवन निर्माणका लागि आज शिलन्यास गरिएको छ । आगामी आषाढ २५ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !