असार ०३, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेपालमा निर्माण व्यवसायी कम्पनीहरुले राज्यको भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी लिएर निर्धारित समयमा सम्पन्न गर्न नसकी वर्षौसम्म अलपत्र छाड्ने गरेको प्रसस्त दृष्टान्तहरु पाइन्छन् । उनीहरुले काम गर्न नसके पछि सरकारले उनीहरुसँग भएको सम्झौता भंग गरेर बैकल्पिक उपायबाट काम गर्न लाग्दा उल्टो न्यायालयमा जाहेरी हालेर उक्त काम नै जटिलतातिर फसाइदिने समाचारहरु पनि पर्याप्त पढ्ने गरेका छौँ । तर त्यसको ठीक उल्टो खोटाङमा दुइवटा सडकपुल तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरेर चर्चा र प्रसंसा बटुलिरहेको प्रसंगलाई यहाँ प्रस्तुत गरिएको छ ।
मध्यपहाडि लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा महिना दिनअघि नै मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र सोही नगरपालिकाको वडा नं. ६ नेर्पास्थित मेवाखोलामा निर्माणाधीन मोटरेबल पुलको काम निर्धारित समयपूर्व नै सम्पन्न भएको हो ।
वि.सं. २०८१ असार–२२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी वि.सं. २०७९ असार–२२ गते केएम इन्जिनियर्स विल्डर्स प्रा.लि.ले सडक विभागसँग सम्झौता गरेको थियो । भ्याट बाहेक रु सात करोड ७४ लाख २५ हजारमा २०/२० मिटर लम्बाईको ती दुवै सडकपूलको निर्धारित समयाअव्धि पूर्व नै निर्माण कार्य सम्पन्न भएको हो ।
निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको एप्रोच रोडको कामसमेत सम्पन्न भएको पाइएको छ । तोकिएको समय अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावतमा समेत सहज भएको पाइएको छ ।
सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाईको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो ।
वि.सं. २०८० कातिक–११ गते पुल बनाइसक्नेगरी वि.सं. २०७८ मङ्सिर–१४ गते भ्याट बाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो ।
निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सगरमाथा सजिव जेभीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिनुभएको छ । छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलो पटक थपिएको समयसीमा असार–२५ गते सम्पन्न हुँदैछ ।
अब छिमेकी जिल्ला भोजपुर जोड्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम भने अझ सम्पन्न हुन बाकी रहेको छ । सिरुवा कन्ट्रक्सन काठमाडौँले निर्माणको जिम्मा पाएको हो, तर काम नगरेपछि गत सालको जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पंखु खोला पुलको लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको भन्दै जिल्लावासीले असन्तुष्टी पोख्न थालेका छन् ।
यसैगरी दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडक कालोपत्र अझसम्म हुन सकेको छैन । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्रे हुन नसक्दा वर्षाद लागेपछि उक्त सडकखण्डमा यातायात सञ्चालन कष्टप्रद हुने गरेको छ
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !