पौष २९, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफू बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा कार्वाहीको लागि मुद्दा हाल्ने व्यक्तिलाई नै सम्मान गरेर नेपालमा नै नयाँ अभ्यास गर्ने कोशिस गर्नुभएको छ ।
आइतबार नगरपालिकामा नगरपालिकाको नियमित पत्रकार सम्मेलनको अवसर पारेर मेयर भट्टराईले आफ्नो विरुद्ध उजुरी हाल्ने विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिका सञ्चालक अभिषेक कर्णलाई फूलमाला लगाइदिदै खुशी साथ सम्मान दिदै एउटा नयाँ अभ्यासको शुरुवात गर्नुभयो ।
२०७५ सालमा अस्पतालचोकदेखी खानीडाँडा–आहाले सडक खण्ड निर्माणको काम डेढ वर्षमा पुरा गर्ने गरी जिम्मा लिएता पनि निर्माण व्यवसायीले काम अलपत्र पारेका थिए । गत वर्ष स्थानीय नागरिकले बजारक्षेत्र भित्रै काम अलपत्र पारी निर्माण व्यवसायी फरार हँुदा वर्षादको समयमा हिलोको कारण हातमा जुत्ता बोकेर हिड्नु पर्ने भएको र रुग्ण आयोजनाको रुपमा रहेको सो सडकको काम गराउनका लागि व्यवसायीसँग जमानी बसेर मेयरको रु.१५ लाख वरावरको व्यक्तिगत चेक मार्फत रड, सिमेन्ट लगायतका सामान लगेको तर भाकामा पैसा तिर्न नसकेका कारण व्यवसायीले मेयर भट्टराई विरुद्ध उजुरी हालेको थियो ।
व्यवसायीले हिम्मतका साथ जनताद्वारा प्रत्यक्ष निर्वाचित शक्तिशाली मेयरका विरुद्ध मुद्दा हाल्ने आँट गरेको भन्दै उजुरी हाल्ने व्यक्ति अभिषेक कर्णलाई माला लगाएर नगरपालिकाको कार्यालयमै सम्मान गरेको देखेर उपस्थित पत्रकार तथा जनप्रतिनिधि नै आश्चर्य चकित भएका थिए ।
नेपाली काँग्रेस खोटाङका उपसभापति समेत रहेका मेयर भट्टराईले आफूविरुद्ध मुद्दा हाल्नेलाई दण्डित होइन, फूलमाला लगाई सम्मान गरेर लोकतान्त्रित संस्कृति देखाएको भन्दै उहाँको प्रशंसा भएकोछ । अस्पतालचोक–खानीडाँडा–आहाले सडक खण्ड कालोपत्रेको जिम्मा लिएको याक्तुहाङ÷साप÷सिरुवा जेभीका प्रोपाइटर शिवप्रसाद चौलागाईंले आर्थिक मन्दी भएको कारण देखाउँदै आफूले बजेट निकासा गर्ने अवस्था नरहेकोले १० दिनको लागि पसलमा बाँकी सामान उपलव्ध गराई दिन पटकपटक अनुरोध गरेको मेयर भट्टराई बताउनुहुन्छ । पसलले बाँकी सामान नदिने भनेपछि मेयर भट्टराई स्वयं जमानत बस्दै कन्सल्ट प्रालिलाई रु.१५ लाखको चेक दिएर सडक ढलानको सामान लगिएको स्थानीय समाजसेवी प्रकाशकुमार श्रेष्ठले हामीलाई बताउनुभयो । नागरिकको हित र विकासलाई मध्यनजर गर्दै रूग्ण योजना बचाउन मेयर भट्टराईले गरेको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
२०८० साल असार ९ गते रु.१५ लाखको चेक काटेका मेयरको खाता प्रालिले पटक–पटक चेक गर्दा पैसा नभएपछि र १० दिनका लागि जमानी बसेर ६ महिना बितिसक्दा समेत पैसा नतिरेपछि व्यवसायी आजित भएर २२ षौषमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मेयर भट्टराईका विरुद्ध उजुरी हालेका थिए ।
भट्टराईको जमानतबाट विल खोटाङ हलेसी कन्सल्ट प्रालिको नाममा सडक निर्माणको लागि रु.१५ लाख, र रु.रु.२ लाख ५० हजार बाँकी रकम जेभीका प्रोपाइटर चोलागाईंले २४ पौषसम्ममा १५ लाख दिएका कारण ‘ब्ल्याङ्क चेक’ काटेका भट्टराई कारवाही हुनबाट जोगिनुभएको छ ।
उहाँलाई खाली चेक काटेको अभियोगमा बैंकिङ कसुुर तथा सजाय निर्धारण ऐनको दफा २०६४ को दफा ९३० को उपदफा (ग) बमोजिमको कसुर, सोही ऐनको दफा १५ बमोजिम सजाय हुने, बिगो तिर्नुपर्ने, बिगो बराबरको जरिवाना तिर्नुपर्ने र कैद सजायसमेत हुने थियो ।
पत्रकार सम्मेलनमार्फत भट्टराईले भने– ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै सानो ठूलो सबैले न्याय पाउनुपर्छ र अन्याय गर्ने जोसुकै तहको होस् दण्डको भागिदारी हुनुपर्छ । अन्यायमा परेका व्यवसायी कर्णले लोकतन्त्रको उपयोग गर्दै नगरपालिकाका मेयरलाई उजुरी दिनुभएकोमा हार्दिक धन्यवाद दिन्छु । यस घटनाले अन्याय गर्ने सानो होस् वा ठूलो जो कोही पनि दण्डित हुनेछन् भन्ने कुराको पुष्टि गरेको छ । ’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु.२१ करोड १ लाख ८८ हजार लागतमा पूरा गर्नेगरी १०.७९ किलोमिटर सडक निर्माण सम्पन्न भए सदरमुकाम दिक्तेलबाट रेग्मीटार जोडिने यो सडक पूर्वी शहर आवतजावतका लागि नागरिकलाई ठूलो सहुलियत हुनेमा दुईमत छैन । नगरपालिकाको चर्को दबावका कारण निर्माण व्यवसायी बाध्य भई हाल यो सडक खण्डको काम धमाधमरुपमा अगाडि बढिरहेको छ ।
मेयर भट्टराईले उजुरीकर्तालाई बोलाई माला लगाउँदा अभिषेक कर्ण स्वयं अलमलिंदै माफी मागिरहेको दृष्य अनौठो देखिन्थ्यो । मेयरको यो प्रस्तुतिले उजुरीकर्तालाई अभियुक्त ठानी दण्डित गर्ने हाम्रो संस्कृतिलाई चुनौति दिँदै सहनशिलताको महत्वलाई झल्काई रहेका थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !