मंसिर १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङ जिल्लामा “लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’’ शुरु भएको छ । विश्वव्यापि रुपमा नोभेम्वर २५ दखि डिसेम्वर १० सम्म मनाइने १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विविध कार्यक्रमका साथ खोटाङमा मनाउन शुरु गरिएको हो ।
‘‘हामी सबैको प्रतिबद्धताः लैंङ्गिक हिंसा अन्त्यका लागि एकयवद्धता’’ भन्ने मूलनाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंङ्गिक हिंसा विरुद्धकोे अभियान अन्तर्गत आज मंसिर १० गते जिल्लाको सदरमुकाम दिक्तेलवजारमा विविध कार्यक्रम शुरु गरिएको छ ।
कार्यक्रमका झलकहरु
दिक्तेल रुपकोट मझुवागढी नगरपालिका अन्तर्गत सामाजिक विकास शाखाका संयोजक एवं वडा नं. १२का वडाध्यक्ष दानबहादुर राईको अध्यक्षता तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यतामा विहान ७.४५ देखि ९.३० बजेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ रत्नपार्कदेखि भानुचोक हुँदै त्रिवेणीचोकसम्म प्रभात फेरिका साथ सभामा परिणत गरी कार्यक्रम समापन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा संविधानसभा सदस्य राईले पढे लेखेको र शिक्षित भनिएको जान्ने बुझ्ने व्यक्तिबाटै बढी लैंङ्गिक हिंसा भइरहेको चर्चा गर्दै पहिले आफ्नो घरपरिवारबाट लैङ्गिक विभेद र हिंसालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले महिला हक अधिकारको छुट्टै संवैधानिक व्यवस्था भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउँदै राज्यले यस तर्फ गम्भिर भएर सोँच्नु पर्नेमा उहाँको जोड थियो ।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईले १६ दिने अभियान कार्यक्रममा बोल्दै लैंङ्गिकताकै आधारमा गरिने विभेद, शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य रूपबाट दिइने पीडा, प्रतिबन्ध लगायतका जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्याउने सबै किसिमका आघातलाई हिंसाका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ ।
यस्तै नेपाली समाजमा भएको सामाजिक विकृति, कुसंस्कार जरैबाट उखेल्नको लागि हामी सबैको ध्यान जानुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भएको छ । उहाँले यस्ता घटनाहरु आएमा आफ्नो तर्फबाट गंभिरताका साथ लिईने बताउनुभयो । अगाडि उहाँले भन्नुभयो—‘ १६ दिने अभियानले मात्र लैङ्गिक हिंसा नियन्त्रण हुने होइन । स्थानीय सरकार, राजनैतिक दल, सामाजिक अगुवाहरु, प्रहरी, सञ्चारकर्मी र यसमा आवद्ध विभिन्न संघ–संस्थाको सामूहिक प्रयास आवश्यक पर्दछ । हामी सबैले हातमा हात, काँधमा काँध मिलाएर कठोर प्रतिबद्धताका साथ अगाडि बढेमा समाजमा हुने विभिन्न किसिमका लैंगिक हिंसाहरूलाई निर्मूल पार्न सकिनेछ ।’
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्ने गरेको पाइन्छ । कार्यक्रममा बिभिन्न संघ–संस्थाका पदाधिकारीहरु, स्थानीय, भद्र भलादमी, पत्रकारहरु तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
यसैगरी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत हलेसीतुवाचुङ्ग नगरपालिकाले पनि विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म सर्वाधिक पुरस्कार राशी सहित ‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ नारासहित महिला फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो कार्यक्रम तय गरी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिरहेको समाचार प्राप्त भैरहेछन् ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।