पौष २९, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल नजिकै सुमो अनियन्त्रित भई दुर्घटना भएको छ । सदरमुकाम दिक्तेलबाट मध्यपहाडी लोकमार्ग हुदै हलेसी तर्फ जादै गरेको ना १ ज ६२ १९ नम्बरको सुमो गाडी आज अन्दाजी ३ बजेर ३० मिनेट जादा अनियन्त्रित भई दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ अन्तर्गत सडकबाट करिब ५ मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
दुर्घटनामा परी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ४० वर्षीय जमानसिंह तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१२ जाल्पाका ४५ बर्षका धन बहादुर राई, सोही ठाँउका ५८ बर्षीय चन्द्रबहादुर राई, .सप्तरी जिल्ला राजबिराज नगरपालिका.–२ बस्ने २५ बर्षीया भुमिका झा र गाडी चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१२ का २८ बर्षीय आशिष राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताउनु भयो ।
दुर्घटनाबाट उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । घार्ईतेहरुलार्ई जिल्ला अस्पताल खोटाङमा ल्याई उपचार भईरहेको र घार्ईतेहरुको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी एफ एमलार्ई बताएको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान