आश्विन २१, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटांग /
खोटांगको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेका मुन्दम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी २०८० सम्पन्न भएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक, र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न भनेर दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका तथा धनु आर्ट स्टुडियोको सहकार्यमा अशोज १७ गतेदेखि शुरु भएको कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
पाँचदिने अन्तर्राष्ट्यि चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा १४ देशका ४० भन्दा वढी चित्रकारहरुले यहाँका पहाड, वस्ति, मन्दिर, हिमाल, जंगल तथा स्थानीय साँस्कृतिक पहिचान झल्किने विविध चित्रहरु क्यान्भासमा लाइभ पेन्टिंग गरेर प्रदर्शन गरेका थिए ।
प्रतिकूल मौसमका वावजुद चित्रकारहरुको स्वागत तथा उहाँहरुको लाइभ चित्र पेन्टिंग हेर्न दिक्तेलवजारमा खोटांगवासीहरुको वाक्लो उपस्थिति रहने गरेको थियो ।
शनिवार युवा तथा खेलकुद मन्त्रि डिकबहादुर लिम्वुको प्रमुख आतिथ्यतामा खोटांगमा जन्मिनुभै सांगीतिक क्षेत्रमा ख्याती कमाउनु भएका प्रशिद्ध गायक राजेशपायल राईको वृहत सांगीतिक कार्यक्रम सँगै मुन्दुम अन्तर्राष्ट्यि चित्रकला कार्यशाला तथा कला प्रदर्शनी २०८० को समापन भएको छ ।
यो कार्यक्रमले खोटांग मात्र होइन नेपालको समेत छविलाई विश्वसामु चिनाउन सफल भएको नगरप्रमुख तीर्थराज भट्टराईको दावी छ । विश्वका चित्रकारहरुले देशको पहाडी जिल्ला दिक्तेलमा आएर यहाँको जनजीवनसँग परिचित तस्विरहरु क्यान्भासमा उतारेर इतिहास कोरिदिनुभएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ । यसलाई नगरपालिकाको सम्पतिका रुपमा शदियौँ सम्म संरक्षण गरिने उहाँ भन्नुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !