भदौ ०६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
इलाममा खोटाङका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुलाई सहभागी गराएर विवाद, मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला सम्पन्न भएको समाचार प्राप्त भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजना, खोटाङ जिल्लाका सबै स्थानीय तहहरुको सहकार्य र नागरिक शान्ति सेवा समाजको सहयोगमा खोटाङ जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजक, दुइ सदस्यहरु र उजुरी प्रशासकलाई सहभागी गराएर भाद्र १ गतेदेखि ५ गतेसम्म इलाम जिल्लाको सदरमुकामा विवाद, मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला सम्पन्न भएको खोटाङ जन्तेढुङ्गा गाउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक खेमबहादुर खड्काले हलेसी एफएमलाई बताउनुभयो ।
पाँचदिने कार्यशालामा न्यायिक समितिमा परेका उजुरीहरुको न्यायिक सम्पादनमा कसरी एकरुपता दिने तथा नियम सम्मत न्यायिक निरुपणलाई कसरी सम्पादन गर्ने भन्ने विषयमा सहजिकरण गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो । त्यस्तै न्यायिक समितिले कार्य सम्पादन गर्दा अपनाउनुपर्ने प्रकृयाका विषयमा अभ्यासमूलक सिप, न्यायिक समतिको भूमिका , विध्यमान कानून र न्यायिक समिति, विवाद, मेलमिलाप र प्रकृयाजस्ता विषयमा जानकारी गराइएको थाहा भएको छ ।
मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली, जिल्ला अदालत इलामका जिल्ला न्यायाधिस दिपककुमार दाहाल र इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी.श्रवणकुमार पोखरेल, मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, योगराज सापकोटा, मनकुमार वराइली लगायतले सहजिकरण गर्नुभएको थियो ।
यो कार्यशाला अन्तर्गत कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुलाई सहभागी गराएर ५ दिनका दरले तालिम प्रदान गरिने मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।
गोष्ठीका क्रममा इलाम जाँदा त्यहाँका धार्मिक तथा पर्यटीय स्थाल माइपोखरी, कन्याम चियावगान लगायत अन्य प्राकृतिक मनोरम स्थलहरुको अवलोकन गर्ने अवसर प्राप्त भएको उपाध्यक्ष खेमबहादुर खड्का भन्नुहुन्छ । उहाँ थप्नुहुन्छ -‘ खोटाङमा पनि प्रसस्त त्यस्ता ठाउँहरु छन् , जसलाई हामीले पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्न सक्छौँ । ’
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।