जेठ २०, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसन मातहत सञ्चालनमा रहेको जन जागृति माध्यमिक विद्यालयको अत्याधुनिक ‘ज्ञानभवन’ को उद्घाटन गरिएको छ । जनजागृति माविको विव्यास अध्यक्ष सूर्यबहादुर रार्ईको सभापतित्व तथा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा विध्यालयमा अध्ययनरतः विध्यार्थीहरुकै सिप र दक्षता प्रयोग गरी निर्माण भएको अत्याधुनिक ‘ज्ञानभवन’ को आज (जेष्ठ २०) एक औपचारिक कार्यक्रमका वीच उद्घाटन गरिएको अध्यक्ष रार्ईले हलेसी एफएमलार्ई बताउनुभयो ।
विव्यास अध्यक्ष राईका अनुसार शुभद्रा–मदन फाउण्डेसनले जनजागृति माध्यमिक बिद्यालयको भवन गत अर्थिक बर्षमा सम्पन्न गरेको थियो । भवन सम्पन्न गरे पनि उद्घाटन भने गरिएको थिएन । प्रदेश प्रमुख खापुङ दिक्तेल आउनुभएको वेला उहाँको प्रमुख आतिथ्यतामा ज्ञानभवनको औपचारिक उद्घाटन गर्ने अवसर जुटाइएको विव्यास अध्यक्ष बताउनुहुन्छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश प्रमुख खापुङले रिवन काटेर नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्नु भएको थियो । भवन निर्माणका लागि फाउण्डेशनका तर्फबाट रु. दुर्ई करोड पचास लाख वजेट खर्च भएको जनाइएको छ ।
विध्यार्थी साथै शिक्षकहरुद्धारा निर्मित भवनमा ३० कोठाहरु रहेका छन् । जसमा माथिल्लो फ्ल्याटमा छात्राहरुका लागि आवास रहेको छ । त्यस्तै ज्ञानभवनमा कार्यालय कक्ष, ई–लार्ईबेरी रुम, कम्प्युटर ल्याव, म्युजिकल हल र बिध्यार्थीहरु पढ्ने कक्षा कोठाहरु रहेको शुभद्रा–मदन फाउण्डेसनका मेनेजर बाबुराम कार्कीले बताउनु भयो ।
भवन उद्धघाटन कार्यक्रममा कोशी प्रदेश प्रमुख खापुङका साथ पूर्व सांसद टंक राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, सुरक्षा निकायका प्रमुखहरु, वडाका वडाध्यक्षहरु राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु, शिक्षक, विध्यार्थीहरुको उपस्थिति रहेको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।