जेठ १२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको खोटेहाङ गाउँपालिकामा अनेरास्ववियु खोटेहाङ गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटी सदस्य मनोज विष्टको अध्यक्षता तथा अनेरास्ववियु जिल्ला अध्यक्ष विष्णु उपरकोटीको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्व चयन गर्दै जेष्ठ ११ गते शुक्रवार अनेरास्ववियु खोटेहाङ गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको हो ।
खोटाङवजारस्थित दिननानाथ माविको सभाहलमा भएको उदघाटन कार्यक्रमका प्रमुख वक्ताका रुपमा नेकपा एमालेका उपसचिव राजन बञ्जराले अधिवेशनको सफलताको कामना गर्दै विध्यार्थीहरुका हक हितका निम्ति अनेरास्ववियु खोटेहाङ गाउँपालिकालाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रथम अधिवेशनबाट सुमन मगरको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको जनाइएको छ ।
उदघाटन कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला सदस्य शिव फुयाँल, अनेरास्ववियु प्रदेश सदस्य शंकर खनाल, नेकपा एमाले पालिका अध्यक्ष विकास राई, नेकपा एमाले पालिका उपाध्यक्ष अम्बर बस्नेत, शिक्षक महासंघको प्रदेश उपाध्यक्ष कुमार पराजुली, खेलकुद महासंघका पूर्व सदस्य विनोद तिरूवा, नेराशिसंका जिल्ला कोषाध्यक्ष दूर्वाशा भट्टराई साथै अनेरास्ववियुका जिल्ला उपाध्यक्ष शुशिला तिमिल्सिना, सचिव अविशेक घिमिरे, सहसचिव प्रकाश पौडेल, सदस्य दिपक विश्कर्मा लगायत विध्यार्थीहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।