जेठ १२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको खोटेहाङ गाउँपालिकामा अनेरास्ववियु खोटेहाङ गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटी सदस्य मनोज विष्टको अध्यक्षता तथा अनेरास्ववियु जिल्ला अध्यक्ष विष्णु उपरकोटीको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्व चयन गर्दै जेष्ठ ११ गते शुक्रवार अनेरास्ववियु खोटेहाङ गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको हो ।
खोटाङवजारस्थित दिननानाथ माविको सभाहलमा भएको उदघाटन कार्यक्रमका प्रमुख वक्ताका रुपमा नेकपा एमालेका उपसचिव राजन बञ्जराले अधिवेशनको सफलताको कामना गर्दै विध्यार्थीहरुका हक हितका निम्ति अनेरास्ववियु खोटेहाङ गाउँपालिकालाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रथम अधिवेशनबाट सुमन मगरको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको जनाइएको छ ।
उदघाटन कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला सदस्य शिव फुयाँल, अनेरास्ववियु प्रदेश सदस्य शंकर खनाल, नेकपा एमाले पालिका अध्यक्ष विकास राई, नेकपा एमाले पालिका उपाध्यक्ष अम्बर बस्नेत, शिक्षक महासंघको प्रदेश उपाध्यक्ष कुमार पराजुली, खेलकुद महासंघका पूर्व सदस्य विनोद तिरूवा, नेराशिसंका जिल्ला कोषाध्यक्ष दूर्वाशा भट्टराई साथै अनेरास्ववियुका जिल्ला उपाध्यक्ष शुशिला तिमिल्सिना, सचिव अविशेक घिमिरे, सहसचिव प्रकाश पौडेल, सदस्य दिपक विश्कर्मा लगायत विध्यार्थीहरुको उपस्थिति रहेको थियो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान