माघ २८, २०८० , Biratnagar
|
मध्य माघको चिसोले तराईको वातावरणलाई चिस्याउँदै लगेको छ । हुस्सु लागेर वरपर केही देखिँदैनन् । मानिसहरूको चहलपहल छैन । मोरङको जहदा गाउँपालिका ५ का बिलट कामत भने बुढ्यौली लागेसँगै आफूलाई सुस्ताएको ठान्न थालेका छन् । सुस्ताएको ठानेर होला हिजोआज उनी लठ्ठीको सहारामा हिड्छन् ।
महिनौसम्म साथीहरूलाई काँधमा बोकेर हिड्दा पनि नथाक्ने बिलटलाई अहिले घरदेखि बाहिर निस्कन लठ्ठीको सहारा चाहिन्छ ।
चिसोमा घरभित्र बस्न नसक्ने उनी भने घाम ताप्न घरबाहिर बस्छन् । बुढ्यौली र रोगले च्यापेसँगै यताउता गर्न नसक्ने बिलटको दैनिकी घरमै भित्रबाहिर गरेर समय बित्छ । बढ्दो उमेरसँगै उनी आफन्त र साथीहरूसँग दिन कटाउन थालेका छन् ।
चार छोरा, दुई छोरीका पिता बिलट परिवारलाई समय दिएर बसेका छन् । टाढा जानु परेमा नजिकैको बजारसम्म पुग्छन् ।
अहिले भने तीन छोरा र श्रीमतीका साथमा बढ्दै गइरहेको जीवन बिताउन विवश छन् । उमेरले सात दशक कटेका बिलटलाई ढाड दुख्ने समस्याले सताउन थालेको छ ।
सोमबार मध्यान्ह भने बिलटको घर आँगन अगाडि फरक दृश्य देख्यो । सेतो गाडी रोकियो । गाडीको वरिपरि मानिसहरू झुम्मिन थाले । उनी पनि घर बाहिर घाम तापेर बसिरहेका थिए ।
गाडीबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइराला झरे । उनी तिनै बालसखाको साथी भेट्न बिलटको आँगन टेक्न आइपुगेका रहेछन् । मध्य माघको तातिँदै गएको घामले बिलट र शेखरलाई एकैपटक स्वागत ग-यो । उनीहरू दुवैको शरीरमा धेरै दिनपछि झुल्किएको घामले स्पर्श ग-यो ।
कुनै समय डा. शेखर र बिलट आदर्श विद्यालयमा सँगै पढेका थिए । सानामा विद्यालय पढ्दा डा. शेखर बिरामी पर्दा उनै बिलटले लाने ल्याउने गर्थे । दुवै जना कक्षा १ देखि ७ सम्म सँगसँगै पढेका थिए । शेखरले आफ्नो विद्यालयीय शिक्षा सरकारी विद्यालयबाट सुरु गरेका थिए । उनी मात्र कोइराला परिवारमा सरकारी विद्यालयमा अध्ययन गर्नेमा पर्दथे ।
डा. शेखरको खुट्टामा लागेको चोटले गर्दा सहजै विद्यालय पुग्न सक्दैन थिए । बिलटले बोकेर विद्यालयदेखि घरसम्म लैजाने गर्थे ।
शेखर दुई महिनासम्म बिलटको काँधमा बसेर विद्यालय आउजाउ गर्थे । तिनै शेखर आज देशकै ठूलो पार्टीको नेता बनेर मुलुकको कानुन बनाउने ठाउँमा पुगी पैरवी गर्छन् । सानामा उनले गरेको दुःखलाई सम्झेर खोज्दै शेखर उनको घरमा पुगे ।
बिलटकोमा डा. शेखरले आधा घण्टा समय बिताए । शेखरले सोधेका थिए,’ स्वास्थ्य अवस्था कस्तो छ ? परिवारमा सबैलाई सन्चै छ ।‘
बिलटले बाल्यकालीन साथी एक्कासि आँगनमा भेटेपछि भित्र जान आग्रह गरे ।
बिलटलाई डा. शेखरले भने,–’बिलट तिमीलाई भेट्न आएको म । यहीँ भेटघाट गरौँ । यहीँ बस्छु ।’
(माघ १६, २०८० मगलवार १५ः४३ बजे)
Source ः ईकागज
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।