भदौ ११, २०८० , Kepilashgadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको केपिलासगढी गाँउपालिकाले शिक्षालाई गुणस्तरीय तथा सुधारोन्मुख बनाउन गाँउपालिकाभित्र रहेका आठ वटा माध्यामिक विध्यालयहरुलार्ई आइतवार एक समारोहका वीच स्मार्ट टिभी हस्तान्तरण गरेको छ । विद्यालय सुधारको लागि केपिलासगढी गाँउपालिकाले विध्यालयमा चाहिने पूर्वाधार र अन्य नवीनतम प्रविधि र सीपहरूको खोजी र प्रयोग गर्ने कुरामा अग्रसर हुदै ती विध्यालयहरुलाई स्मार्ट टिभी उपलव्ध गराएको केपिलासगढी गाँउपलिकाका अध्यक्ष समिर रार्ईले बताउनु भयो ।
खासगरी प्रविधिमैत्री कक्षा, डिजिटल शिक्षण एवं विध्यार्थीहरुलार्ई सिकाईमा सुधार होस भन्ने हेतुले टिभी सेट वितरण गरिएको गाँउपालिकाले जनाएको छ । स्मार्ट टिभी पाउने विध्यालयहरुमा कुहुडाँडा मा.बि फेदी, शुक्रजित मा.बि खार्तम्छा, राष्ट्रिय मा.बि बाँस्पानी, पृथ्बि मा.बि बाक्सिला, जाल्पा मा.बि पिपलडाँडा, थर्पु मा.बि सप्तेश्वर, रेणुका मा.बि दिप्सुङ र सूर्य मा.बि सुङदेल रहेकाछन् ।
गाँउपालिकाले शिक्षामा गुणस्तरीयताका साथै प्रविधिमैत्री बनाउने उद्देश्यबाट प्रत्येक घरमा एक असल नागरिक उत्पादन तथा शिक्षित समाज बनाउने ध्येयले पहिलो चरणमा स्मार्ट टिभी बितरण गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा केपिलासगढि गाउपालिकाका अध्यक्ष समिर रार्ई , उपाध्यक्ष गुरुराज राई, शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालसँगै सम्पूर्ण विध्यालयका प्र.अ तथा अन्य राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित रहनु भएको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।