आश्विन २०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलमा जिल्ला स्तरीय बुद्धिचाल, बाघचाल र टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिका अध्यक्ष दिवासन रार्ईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा अशोज १९ गते देखि शुरु भएर आज अशोज २० गते खेल प्रतियोगिता समापन भएकोे हो ।
नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिको आयोजनामा भएको प्रतियोगितामध्ये १६ जना सहभागी रहेका बाघचाल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका प्रभुराम रार्ईले प्रथम स्थान ओगट्न सफल हुनुभएको छ भने रावाँबेसी गाउँपालिका-२ खार्पाका गोबिन्द मगर द्धितिय र नेर्पाकै हरिभक्त रार्ईले तृतिय स्थान हासिल गर्नु भएको छ ।
यसैगरी टेवलटेनिस प्रतियोगिता तर्फ ३४ जना खेलाडीहरु सहभागी रहनुभयो । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ आचार्य टोलका विवेक आचार्य प्रथम, आचार्य टोलकै राजेशराज आचार्य द्धितिय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जाल्पाका मौसम बि.क. तृतिय घाषित हुनुभएको छ ।
अर्को खेल बुद्धिचाल (चेस) प्रतियोगितातर्फ जम्मा २४ जना खेलाडी सहभागी भएकोमा केपिलासगढी गाउँपालिकाका रविन सुनुवार रार्ई प्रथम, नुनथलाका निशान रार्ई द्धितिय र दोर्पाका भुपाल रार्ई तृतिय हुनभएको आयोजकले जनाएको छ ।
बाघचाल तर्फ प्रथम हुनेले रु.५ हजार ५५५, दोस्रो हुनेले रु.२ हजार २२२ र तेस्रो हुनेले रु.१ हजार १११ रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
यस्तै टेवुलटेनिस तर्फ प्रथम हुनेले रु. १० हजार, दोस्रो हुनेले रु.६ हजार र तेस्रो हुनेले रु.३ हजारका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
यसैगरी बुद्धिचाल (चेस) तर्फ प्रथम हुनेले रु.७ हजार ७७७, दोस्रो हुनेले रु.४ हजार ४४४ र तेस्रो हुनेले रु.२ हजार २२२ रुपैया नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको तरुण दल नगर कार्य समितिका अध्यक्ष राईले बताउनुभयो ।
सल्लाह, सझाव र सहयोग गरी प्रतियोगितालाई सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै टेवलटेनिस जिल्ला संघका अध्यक्ष हेमबिक्रम राई र बुद्धिचाल तर्फ सूर्य तामाङलार्ई सम्मान पनि गरिएको जनाइएको छ ।
कार्यक्रममा दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, उपप्रमुख विसन रार्ई, जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश), नेपाली कांग्रेस महासमिति सदस्य शहरमान राई, तरुण दल केन्द्रीय सदस्य भिषण राई, सन्जय राई, तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजिमान राई, लोकतान्त्रिक सघं प्रदेश सदस्य सोनम राई जो.जो लगायत अन्य खेलाडीहरु, खेल प्रेमी, बुद्धिजिबिहरुको उपस्थिति रहेको थियो ।
अशोज १९ र २० गते २ दिन भएको खेल प्रतियोगिता दिक्तेलको माटिकोरेस्थित कर्वड हलमा सम्पन्न भएको हो ।
[यो पनि-दिक्तेलमा जिल्ला स्तरीय बुद्धिचाल, बाघचाल र टेवलटेनिस प्रतियोगिता हुँदै ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।