जेठ ०९, २०८० , Khotang
हलेसीतुवाचुङ, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा स्वास्थ्यसँग सम्बन्धित पोषण सम्बन्धि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा सोमबार बाट सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ईले गर्नु भएको थियो भने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला रार्ईले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समग्र पोषणको बारेमा छलफल गरिएको र सम्पूर्ण पालिकाहरुसँगं पोषण सम्बन्धि नयाँ कामहरु बारे ब्रिफिङ गरिएको थियो । त्यस्तै आगामी दिनमा पोषण कार्यक्रमलाई सुदृढ गर्नका लागि कार्ययोजना बनाइएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले हलेसी एफ एम लार्ई जानकारी दिनु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ, पोषण अधिकृत अर्पण ढकाल तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देलले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला रार्ई, उप.प्रमुख रमेशकुमार राउत , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप.प्रमुख विसन राई, ऐँसेलुखर्क गाँउपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर रार्ई, उपाध्यक्ष राजेशकुमार राजभण्डारी, साकेला गाँउपालिका उपाध्यक्ष बिर्शिका रार्ई, राँवाबेसी गाउपालिका उपाध्यक्ष कौशिला गुरुङ, दिप्रुङचुर्ईचुम्मा गाउपालिका उपाध्यक्ष अरुणा थापा मगर एबं सम्पूर्ण १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
हलेसी तुवाचुङ नगरपालिकाका उप.प्रमुख रमेश कुमार राउतले कार्यक्रम समापन गर्नु भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !