मंसिर २८, २०८१ , Khotang
“नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम’’ अन्तर्गत ‘चित्र भित्र चित्र र रङ्ग भित्र रङ्ग’ खोज्ने
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले “नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम’’ अन्तर्गत नगर स्तरीय चित्रकला प्रतियोगिता गराउने भएको छ । “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’’ लाई प्रभावकारी बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालमा नै पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा तथा थार महोत्सबसँगै उक्त अवसरमा “नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम’’ अन्तर्गत नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरतः कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि चित्रकला मार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले आगामी माघ २१ गते सरस्वती जयन्तीको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता गराउने भएको हो ।
यस सम्बन्धमा नगरप्रमुख तीर्थराज भट्टराईले सामुदायिक रेडियो हलेसी एफएमलाई जानकारी गराउँदै भन्नुभयो-‘आगामी माघ २१ गते विध्याकी अधिष्ठाता देवी सरस्वती जयन्तिको अवसर पारेर नगर स्तरीय चित्रकला प्रतियोगिता गराइने छ । खोटाङ विश्वमै चर्चित चित्रकार लैनसिंह बाङदेलको पैतृक थलो पनि हो । यही कारण राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चित्रकला मार्फत खोटाङको उपस्थिति देखाउन गत वर्ष असोज १७ गतेदेखि २० गतेसम्म दिक्तेलवजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको भव्य आयोजना पनि गरिएको थियो भने अब नगरपालिकाले पुनंः बिध्यार्थीहरुको चित्रकला मार्फत व्यक्तित्व विकास गर्ने उद्धेश्यले “नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम’’ अन्तर्गत ‘चित्र भित्र चित्र र रङ्ग भित्र रङ्ग’ खोज्ने चित्रकला प्रतियोगिता गर्न लागिएको हो ।’
कार्यक्रमलाइ व्यवस्थित र अनुशासित ढंगबाट सञ्चालन गर्न बिध्यार्थीहरुले निश्चित नियमहरु अवलम्वन गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
सहभागीहरुले प्रयोग गर्ने फ्रान्सेली कार्टिज पेपर साइज–१५ X २२ इन्च हुनुपर्नेछ(क्यानभास पनि प्रयोग गर्न सकिने), सहभागीहरले पेन्सिल रङ्ग/क्रेयन्स रङ्ग/पानी रङ्ग/पोस्टर रङ्ग प्रयोग गनुपर्नेछ ।
सहभागीहरुले खाने, बस्ने र यातायातको व्यवस्थापन आफैले गर्नुपर्ने जनाइएको छ भने उनीहरुका लागि कार्यक्रमको दिन नगरपालिकाको तर्फबाट खाजाको व्यवस्था गरिनेछ ।
यस्तै सहभागीले सम्पूर्ण कला सामग्रीको व्यवस्थापन आफैले गर्नुपर्ने, सबै सहभागीहरुले आर्टपेपर आफैले ल्याउनु पर्ने नगरपालिकाले बताएको छ । प्रतियोगितामा कुनै विवाद भएमा विज्ञ सहित आयोजकको निर्णय नै अन्तिम हुने र प्रत्यक्ष चित्रकलामा चित्र कोर्ने समय विज्ञले कार्यक्रमको दिन निर्धारण गर्ने आयोजक दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले बताएको छ ।
चित्र कोर्दै गर्दा मौलिक सँस्कृति झल्कने, रेडपाण्डा र थारको महत्व भावमा प्रकट हुने, पर्यायवरण, मौसम परिवर्तनको कारण र असर सम्बन्धि दृष्टि झल्कने चित्रकारितालाई प्राथमिकता दिइने आयोजकको भनाइ रहेको छ ।
सहभागीले अध्ययन गर्ने विद्यालयको आधिकारिक पत्र, विद्यार्थीको परिचय पत्र १५ दिन अगाडि इमेल/ह्वाटसप/मेसेन्जर वा अन्य माध्यमबाट उपलव्ध गराउनुपर्ने भनिएको छ । तर प्रतियोगिताको समयमा सक्कल कागजात साथमा लिएर नआए प्रतियोगितामा सहभागी नगराइने भएकोछ ।
प्रत्येक तहका लागि प्रथम पुरस्कार नगद रु. १५ हजार, द्वितीय नगद रु १० हजार, तृतीय नगद रु ५ हजारका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै सान्त्वना प्रथम पुरस्कार नगद रु ३ हजार, सान्त्वना द्धितीय पुरस्कार नगद रु २ हजार र सान्त्वना तृतीय पुरस्कार नगद रु १ हजारका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । सबै पुरस्कार रकमहरुमा कर कट्टी गरिने समेत जनाइएको छ । यसैगरी सहभागी सबै विध्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने खुलासा गरिएको छ ।
कार्यक्रम सहभागिताका लागि प्रति विद्यार्थी रु.२ सय दर्ता शुल्क र सहभागी प्रतियोगीको पासपोर्ट साइजको फोटो–२ प्रति आयोजकलाई उपलवध गराउनुपर्नेछ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी माघ १६ गते शहिद दिवसको अवसरमा भने नगरपालिकाभित्रका १ देखि १२ कक्षा सम्म अध्ययनरत विध्यार्थीहरुका लागि ‘बाल अधिकार एवं राष्ट्रप्रेम’ सम्बन्धि विधामा गायन प्रतियोगिताको कार्यक्रम राखिएको छ ।
सम्पर्क व्यक्तिहरुः
ओजनबाबु आचार्य
सम्पर्क नं ९८५२०५८७१२
नानीराम आचार्य
सम्पर्क नं. ९८४९०३३३६१
इमेल[email protected]
इमेल[email protected]
[यो पनि--दिक्तेल रुपाकोट मझुवागढीले शहिद दिवसमा वालवालिकाका लागि गायन प्रतिष्पर्धा गराउने ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।