मंसिर ०१, २०८० , दिक्तेल रुपाकोट मझुवाढी
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका करिव १७ महिलाहरुलाई मंसिर २ गते काभ्रेस्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा निशुल्क शल्यक्रिया तथा थप उपचारका लागि लैजाने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराइले हलेसी एफएमलाई जानकारी दिनुभएको छ ।
मंसिर २ गते दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाभित्रका १७ जना पाठेघरसँग सम्बन्धि समस्या भएका महिला दिदीबहिनीहरु र उहाँहरुका लागि एक/एकजना कुरुवा गरी जम्मा ३४ जनालाई मेमोररियल अस्पाताल धुलिखेल लगेर मंसिर ३ गतेदेखि उपचार शुरु गरिने नगरप्रमुख भट्टराईले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय र सहकार्यमा सामुदायिक सेवा प्रतिष्ठान मध्यपुर ठिमी भक्तपुरको आर्थिक सहयोगबाट नगरपालिका भित्रका पाठेघर खस्ने महिलाहरुको काभ्रेस्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल वनेपामा निःशुल्क अपरेशन (शल्यक्रिया) तथा स्वास्थ्य परिक्षण हुने भएको हो ।
पहिलो चरणमा १७ जनाको उपचार भएपछि दोश्रो चरणमा अन्यको उपचार हुने समेत जनाइएको छ । यो वर्ष बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल र भक्तपुर स्थित सामुदायिक सेवा प्रतिष्ठानसँगको सहकार्य एवं सहयोगमा नगरपालिकाले ६० जनासम्म पाठेघर खस्ने समस्याबाट वर्षौँदेखि पीडित आमा दिदी बहिनीको निशुल्क उपचार गर्ने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
p
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।