भदौ ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा विपन्न दलित सिमान्तकृत आर्थिक आत्मनिर्भर कार्यक्रम अन्तरगत वीउ पुँजि वितरण गरिएको छ । जाल्पाका वडाध्यक्ष दानबहादुर रार्ईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भदौ ६ गते विहीवार वडा कार्यालयको सभाहलमा जाल्पा महिला कृषक समूहमा आबद्ध समूहहरुलार्ई दूध र मासुमा आत्मनिर्भर बनाउने प्रयास स्वरुप वीउ पुँजि वितरण गरिएको हो ।
निर्वाहमूखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन यस आ.व.का लागि प्रदेशबाट रु ३ लाख ५० हजार, नगरपालिकाबाट रु. १ लाख पाँचहजार र कृषक समुहबाट रु. १ लाख २५ हजार गरेर कुल रकम रु. ५ लाख ८० हजार बजेट विनियोजन गरिएको जनाइएकोछ । उक्त वजेटबाट समूहका २५ जना उध्यमी कृषकहरुलाई आय आर्जनको कार्यक्रम सञ्चालन गर्न वीउपूजीका रुपमा दामासाही अनुदान उपलव्ध गराइएको छ ।
रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भयो ।
“रोजगारीको खोजीमा युवापुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ । युवा जमातलाई रोक्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ । दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो । जाल्पा महिला कृषक समुहमा आबद्ध किसानहरुलार्ई पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने उद्देश्य जाल्पा कृषक समुहले लिएको छ ।’’—महिला वालवालिका शाखा प्रमुख र्ईरन रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनुभयो । उहाँका अनुसार समूहमा जम्मा २५ जना छन् । उनिहरुले बाख्रा, बगुंर, भैसी पाल्नु पर्ने र व्यावसायिक बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख तीर्थराज भट्टरार्ई, वडाध्यक्ष दानबहादुर रार्ई, महिला वालवालिका शाखा प्रमुख र्ईरन राइ, नगर कार्यपालिका सद्स्य मिना कार्की, वडा सदस्य देवेन्द्रकुमार रार्ई लगायत अन्य बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण धनशोभा रार्ईले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !