माघ ०२, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले वडा–वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को दोश्रो त्रैमासिक बापत वृद्ध–वृद्धाले प्राउने भत्ता रकम उक्त गाउँपालिकाले मङ्गलबारदेखि भुक्तानी शिविरको आयोजना गरि वितरण सुरु गरेको हो । गाउँपालिकामा स्थापना भएको नेपाल एसबिआई बैंक र साकेला गाउँपालिकाले पालिकाको विभिन्न छ वटा स्थानहरुमा भुक्तानी शिविर सञ्चालन गर्ने जनाएअनुसार वडा नम्बर १ को बाँझेच्यानडाँडाबाट भत्ता वितरण सुरु गरेको हो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरको पहिलो दिन आज मङ्गलबार वडा नम्बर १ बाँझेच्यानडाँडाका ८२ जना लाभग्राहीहरुलाई नौ लाख त्रियत्तर हजार रुपैंया रकम वितरण गरिएको छ ।
भोली बुधबार सोही वडाको डाँडागाउँ, पर्सी बिहीबार २ नम्बर वडा कार्यालय रतन्छा र शुक्रबार ३ नम्बर वडा कार्यालय खिदिमामा शिविर मार्फत भत्ता वितरण गरिने तयारी गाउँपालिकाले गरेको छ । त्यस्तै माघ ७ गते आईतबार ५ नम्बर वडा कार्यालय र ९ गते मङ्गलबार ४ नम्बर वडा कार्यालयमा भत्ता वितरण गरिने बताईएको छ ।गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको उहाँको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !