जेठ २५, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको सदरमुकाम दिक्तेलवजारलाई आगलागीको जोखिमबाट बचाउन फायर हाइड्रेन्ट (आगो नियन्त्रण) को व्यवस्था गरिएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीले विहीवार एक औपचारिक कार्यक्रमका वीच दिक्तेलवजार त्रिवेणीचौकमा फायर हाइड्रेन्टको गेटभल्भ खोली पानीको फोहोरा छाडेर यसको उद्घाटन गर्नु भएको हो ।
रम्वाखोला-माझखोला शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हाल दिक्तेलवजारको त्रिवेणीचौक, सल्लेरीटोल, जिरोप्वाइन्ट, संगमटोल, रत्नपार्क, भानुचोक, हाटडाँडा, जिल्लाअस्पताल चोक, पुरानो बैँकचोक, जिल्ला समन्वय समितिको कार्यालय पछाडि दश स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको छ । वजार आसपास अन्य थप पाँच स्थानमा तत्काल फायर हाइड्रेन्ट जडान गर्ने योजना रहेको शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले बताउनुभयो । फायर हाइड्रेन्ट जडान गरेर त्यसमा ६३ एमएमको पायप ३० मिटर देखि ९० मिटर सम्म जोड्न सकिने र त्यसबाट अरुटाढा लानु परे ३०० मटिर दुरीसम्म पायप जोड्न मिल्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । यसका लागि आवश्यक पाइप र फायर हाइड्रेन्ट खरिद गरिसकिएको छ ।
आगलागीका कारण दिक्तेलवजारमा वर्षेनी वजारवासीले ठूलो क्षति व्यहोर्दै आउनुपरेको छ ।
दिक्तेलवजारभित्र साँघुरो सडक भएको कारण आगलागी भैहालेमा दमकलभन्दा फायर हाइडे«न्ट वढी प्रभावकारी ठानिएकोले बजार क्षेत्र भियाउने गरी यसको व्यवस्थापन गरिएको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।