बैशाख ०४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
जिर्ण र साँघुरो ओतमा जेनतेन जिन्दगी कटाउदै आएका वृद्ध भोम्पालसिं राईले नयाँवर्ष २०८१को शुरुवातीमै नयाँ र आकर्षक नयाँ घर पाए । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ वोपुङ (डुम्रिबोटे) का ८० वर्षीय वृद्ध भोम्पालसिंले सोँच्दै नसोचेको उपहार नै हो यो उनका लागि ।
वोपुङका उत्साही र सामाजिक क्षेत्रमा केही गरेर मानव हुनुको अर्थ साकार बनाउनु पर्छ भन्ने मान्यता राख्ने युवा अमित राई यसका लागि प्रमुख श्रेयका भागिदार छन् ।
भोम्पालसिंलाई वाजे भनेर सम्बोधन गर्ने अमितले गत चैत्र २२ गते आफ्नो सामाजिक सन्जालमा लेखे—‘‘जन्तेढुङ्गा गा.पा वडा न २ बोपुङ डुम्रीबोटे निवासी भोम्पाल सि.राई (ङाक्सी बाजे ) भनेर चिनिने आज भन्दा करिब २५ बर्ष अगाडि बाल्यकाल अवस्थामा यो बाटो हुदै पैदल यात्रा गरेर नुन तेल लिन तराई बेल्टार झर्दा देखिल्याको आज नि यी बाजेको अवस्था यस्तै देख्छु शारीरिक र मानसिक रुपमा पनि कम्जोर यि बाजेको आज यो झुपडीको माथि बाट मटर बाटो खोलिएको छ हामी सवारि साधनमा ओहोरदोहर गर्छौ मान्छेको मन त हो बाजेलाई यो बाटो हिड्दा के छ कसो छ भनेर सोधिरहदा एकदमै दर्दनाक आफ्नो दुख का कहानी सुनाउनु हुन्छ उहाँ सङ्ग भएको सम्पती या सन्तान र साहारा को नाम मा केही सुर्का वारि ५÷७ वटा बाख्रा अनि केही कुखुरा का चल्लाहरु कुखुरा ठूलो हुन साथ चोरेर खाइदिन्छ्न रे घर मा साचो लाउने अवस्था छैन रे भन्नुहुन्छ बर्खामास पानी चुहिने पानिको भल छिरेर सुत्न पाउदिन भनेर आँसु चुहाउनु भयो मान्छेको मन त हो मेरो नि यो सबै सुनिरहदा नमिठो सङ्ग मन रोयो र एउटा् साहस गरेको छु कुनै हालतमा यी बाजे लाई एउटा सामान्य पानी भलबारी छेक्ने घर बनाइ दिने छौ वचन दिएका छौ यस कार्यमा तपाहरुको साथ रहने बिश्वास लिएको छु.यस बिषयमा अझ तपाईं साथिभाइ सङ्ग सर सल्लाह गर्नेछौ ।’’
त्यसपछि घर निर्माणका लागि शुभेच्छुकहरुको मन तान्दै सहयोग बटुल्दै र स्थानीय युवाहरुको साथ र सहयोग जुटाउदै घरको जग खन्न शुरु हुन्छ । आज भोलि भन्दा भन्दै गारो हाल्न थाल्छन् युवाहरु । कसैले काठका लागि रुख दिन्छन्, कसैले ढुंगाको जोहो गर्छन । कसैले माटो मुछिदिन्छन् । सामाजिक सद्भाव र सहकार्यको एउटा आकर्षक तस्विर नै तयार हुन्छ घर निर्माणको पुनितः क्षणहरुमा ।
अन्ततः घरको छानो पनि हालियो ।
परम आत्मसन्तुष्टि र मानवीय भावनाको उद्वेगलाई आज (२०८१बैशाख४ गते) स्टाटसमा यसरी लेख्छन् अमित —‘‘.जन्तेढुंगा गाउँपालिका २ बोपुङ (डुम्रिबोटे) का भोम्पाल सिं राईको घर बनाउने अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था , समाजसेवी दाजुभाई दिदी बहिनीहरुलाई धन्यवाद साथै घरको काम ९९ प्रतिशत सम्पन्न भएको जानकारी गराउदछौँ ।अब झ्याल ढोकामा रङ्गरोगन गर्नका साथै लिपपोत र सुत्नका लागि एउटा खाट बनाइदिन बाँकी रह्यो .।’’.
ढुंगा माटोको गारो र जस्ता पाताको छानो हालिएको एकजनाको लागि ठीक्कको आरामदायी र आकर्षक घर तयार भएको छ । यसवीच मैले अमितजीलाई फोन मार्फत सम्पर्क गरेँ । आफूसँग किसान राई, केशरजंग राई लगायत केही स्थानीय युवाहरु घर निर्माणको काममा अहोरात्र खटेको, भोक लाग्दा खाजाको रुपमा घरमा आमाले तयार पारेको मकै भटमास लगेर चौतारीमा विसाउँदै खाएको क्षणहरु जीवनमा अविष्मरणीय बनेर रहने बताउदै अब फिनिसिङ गर्न बाकी छ भन्दै सुनाउँछन् उनी ।
हालसम्म रु.१ लाख २१ हजार २८३ सहयोग रकम उठेको पनि बताउँदै.घरको सम्पूण काम सकिँदा डेढलाख जति खर्च हुन सक्ने आँकलन छ उनको ।
शुभेच्छुकहरुबाट संकलित रकम उभ्रिन गएमा यस्तै अन्य मानवीय उद्धारको काममा या शैक्षिक संस्थाहरुमा खर्च गरिने पनि उनले बताए ।
निःसन्देह अब भोम्पालसि राईले वर्षादमा चुहुने पानी र स्वास फेर्न समेत अप्ठेरो हुने परिवेश व्यहोर्नुपर्ने छैन ।
अन्तमा जेष्ठ नागरिक ८० वर्षीय भोम्पालसिं राईको आगामी दिनचर्या अझ सुखद र सहज बनोस, युवा अमितको सामाजिक र मानवीय सत्कार्यको यात्रा अरु अगाडि बढोस । वोपुङे युवाहरुको सद्भाव, एकता र सहकार्य अरु सुदृढ र फराकिलो बनोस ।
हार्दिक शुभकामना ।
[ यो पनि-असहाय वृद्धका लागि बस्ने घर बनाउन जुटे बोपुङका युवाहरु }
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।