बैशाख १८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभाको निर्वाचन परिणाम आज प्राप्त भएको छ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरबाट विजयी बन्नुभएको छ । उहाँले २७,७७२ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१,९४२ मत प्राप्त गर्नुभएको छ ।
नेम्वाङले खड्कालाई ५,८३० मतान्तरले पछि पार्दै आफू विजयी बन्न सफल हुनुभएको हो ।
त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११,४५७ मत प्राप्त गर्नुभयो भने चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५,०५० मत पाउनुभएको छ ।
इलाम– २ मा जम्मा ६९,२८७ मत खसेको थियो ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम– २ मा एमालेबाट सुहाङका पिता सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्थ्यो ।
२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यो पटकको उपनिर्वाचनमा तत्कालिन गठबन्धनको ध्रुविकरणका कारण नेकपा माओवादीको सहयोग कांग्रेसलाई प्राप्त रहेन । माओवादीबाट उम्मेदवार पनि बनाईएको थिएन ।
बझाङ क्षेत्र नं १(क)को प्रदेश सभा उपनिर्वाचनको परिणाम भने हिजै (बैशाख १७) प्राप्त भैसकेको थियो । उक्त निर्वाचनमा पनि एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले झिनु मतान्तरबाट विजय हात पार्नुभएको छ । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गर्नुभयो ।
एमाले उम्मेदवार दमनभण्डारी तथा कांग्रेस उम्मेदवार अभिषेक सिंह
भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।