फागुन २९, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका नागरिकहरु मृगौला रोगबाट गम्भिर रुपमा पिडित भै अन्यत्र गएर डायलाइसिस गराउनु पर्ने समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङबाट नै नियमित मृगौला परिक्षण तथा डायलाईसिस गर्नु पर्ने विरामीका लागि सो सेवा उपलव्ध गराउन त्रिपक्षीय सम्झौता भएको छ । नेपाल सरकारबाट हाल निःशुल्क डायलाईसिस सेवा उपलव्ध भए पनि शहर गएर मात्र सो सुविधा पाउन सकिने भएकोले समयमा डायलाईसिस उपचारबाट वञ्चित विरामीहरुको ज्यान गैरहेको कारण दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, जिल्ला अस्पताल खोटाङ र राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली काठमाण्डौवीच आज आआफ्नो क्षेत्रबाट यथासम्भव चाँडो जिल्ला अस्पताल दिक्तेलमा मृगौला सम्बन्धि समस्याको पहिचान, रोकथाम र नियमित उपचार डायलाइसिस सेवा केन्द्र स्थापना गर्ने त्रिपक्षीय सम्झौता भएको हो ।
नेपालमा खानपिनमा असावधानी लगायत अन्य विभिन्न कारणले २४ देखि ३० लाख व्यक्तिहरु कुनै न कुनै रुपमा मृगौला सम्बन्धि समस्याबाट पिडित रहेको पाइन्छ । जसमध्ये तीनलाख व्यक्तिहरुको मृगौला विग्रिरहेको हुन्छ । यसरी प्रत्येक वर्ष मृगौला रोगको अन्तिम अवस्थामा पुगेका तीनहजार विरामीहरु डायलाइसिस पाए मात्र बाँच्ने सम्भावना रहेको हुन्छ । यस्तो अवस्थामा खोटाङ जस्तो दुर्गम मानिने जिल्लाका मृगौला पिडितका लागि जिल्लामै यो सेवा उपलव्ध गराउन सके यहाँबाट शहर जानु पर्ने वाध्यता हट्ने सोँचबाट नगरपालिकाको अगुवाइमा यो कदम चालिएको नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलाई बताउनुभयो ।
सम्झौतापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सबै वडामा घरदैलो सेवागरी मृगौला परिक्षण कार्यक्रम गर्ने, डायलाइसिस मेसिन तथा आवश्यक उपकरण ल्याउन सहजिकरण गर्ने, डायलाइसिस सेवा सुदृढिकरण गराई आवश्यक सल्लाह सुझाव तथा मार्ग निर्देशन दिने, विपन्न वर्गका विरामीलाई सेवा दिन सहजिकरण गर्ने उल्लेख छ ।
त्यस्तै जिल्ला अस्पताल खोटाङको तर्फबाट डायलाइसिस सेवा सञ्चालनमा ल्याउने, आवश्यक जनशक्ति डाक्टर, नर्श, प्राविधिक, सहयोगी व्यवस्थापन गर्ने, नियमित सेवा सञ्चालनका लागि अस्पताल भवनको आवश्यक कोठाहरु उपलव्ध गराउने, डायलाइसिस सेवाका लागि आवश्यक शुद्ध पानी Treatment Plant र 3 Phase विजुलीको व्यवस्थापन गर्ने, वडाबाट सिफारिस भएका विरामीहरुको परिक्षण गर्ने बुँदा लेखिएको छ ।
तेश्रो पक्ष मृगौला बचाऔ अभियान/राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीका तर्फबाट प्राविधिक टिमलाई तालिमको व्यवस्था गर्ने, समय समयमा अनुगमन तथा सल्लाह सुझाव प्रदान गर्ने, मृगौला रोग बिषेशज्ञबाट उपचार सल्लाह परामर्श तथा आवश्यक पर्ने TELE Nephology बाट सेवा दिने, खोटाङबाट पठाइएका डायलाइसिस गर्नुपर्ने विरामीलाई काठमाण्डौमा रहेर उपचार गर्नु परेमा आवश्यकता अनुसार पहिलो प्राथमिकतामा राखी सेवा प्रदान गर्ने, अन्य प्राबिधिक सहयोग सल्लाह प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई जिल्ला अस्पाताल खोटाङका मेडिकल सुपरिटेन्डेन्ट दिपेश परियार र राष्ट्रिय मृगौला उपचार केन्द्रका तर्फबाट बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा ऋषिकुमार काफ्लेले सम्झौता पत्रमा आज संयुक्त हस्ताक्षर गर्नुभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !