असार २५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले यस आर्थिक बर्षमा ६ हजार ६ सय १ सवारी कारबाहीबाट रु. ४९ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाए अनुसार सवारी ऐन विपरित सवारी चलाएवापत कारवाहीबाट चालु आर्थिक वर्ष २०८०/८१ को असार २५ गतेसम्म रु ४९ लाख २७ हजार राजस्व संकलन भएको हो ।
जिल्ला ट्राफिक कार्यालय खोटाङले मादक पदार्थ सेवन, ओभरलोड, सवारीसाधन चालक अनुमतिपत्र नभएका, ओभरस्पिड, ट्राफिक नियमको उल्लङ्घन गरेका सवारी साधनलाई दुर्घटना न्युनिकरणका लागि कारबाही गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय खोटाङका प्रमुख प्रहरी सहायक निरिक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटना न्युनिकरणको लागि चालकहरुलाई जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको र सरोकारवाला निकायहरुको सहकार्यमा समय समयमा चालकहरुलार्ई स्वास्थ्य परिक्षण गरिएको छ । अहिले आफै दुर्घटना न्युनिकरणको लागि चालकहरुलाई जनचेतनामुलक प्रचारप्रसारमा खटिरहेको पनि प्रहरी सहायक निरिक्षक कार्कीेले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा दुर्घटना कम भएको जनाइएको छ ।
ट्राफिक सचेतनामूलक कार्यक्रम बढाउँदा दुर्घटना न्युनिकरण हुने प्रहरी सहायक निरिक्षक कार्की बताउनुहुन्छ । सवारी चालकलाई कारबाही गरिहाल्नुभन्दा फेरि पनि त्यस्ता काम नगर्नका लागि सुल्झाउने योजना बनाएको उहाँले सुनाउनुभयो । लामो दुरीका सवारी चालकलाई बीचमा विश्राम स्थानहरु बनाउने र त्यहाँ ट्राफिक नियमको विषयमा जानकारी गराउँदा दुर्घटना घट्न सक्ने उहाँको कथन छ ।
यस अघिको आर्थिक वर्ष २०७९/८० मा ४ हजार ८ सय ६६ सवारी कारबाहीबाट रु ३४ लाख ८६ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक बर्ष भन्दा यो आर्थिक बर्षमा राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय खोटाङको तथ्याङकमा उल्लेख गरिएको छ ।
[यो पनि-खोटाङमा सवारी कारबाहीबाट एकै महिनामा रु.५ लाख बढी राजस्व सङ्कलन ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।