असार २१, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल डाँडाछापकी सुत्केरी आमा तथा नवजात शिसुका लागि स्थानीय आमा समूहले पोषिलो खाध्य सामाग्री सहित भेटघाट गरेको छ । स्थानीय भवानेश्वर स्वास्थ्य आमा समूहसँग आवद्ध महिलादिदी बहिनीहरुले अषाढ २१ गते शुक्रवार दिक्तेल निवासी १ महिना ६ दिने सुत्केरी निर्मला पाण्डे तथा नवजात शिसुका लागि उनकै घरमा पुगेर पोषिलो खाध्य सामाग्रीका रुपमा अनार, स्याउ, अण्डा, चिसो पेय पदार्थ, गाँजर, आँप, हरियो साग सव्जीहरु, चामल, घ्यू र कुखुराको भाले सहितको पोषणयुक्त खानेकुरा सहित सुत्केरी भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा सुत्केरी आमा निर्मला पाण्डेलार्ई पौष्टिक खाध्य सामाग्रीहरु प्रदान गरिएको आमा समूहका अध्यक्ष गोमा खड्काले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ । उहाँ भन्नुहुन्छ–‘सुत्केरी भएको १ महिना ६ दिन हुँदा हामीे आमा समुहको टोली उहाँकै घरमा पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाभको कामना गर्दै हामीले साथमा लगेका पौष्टिक खधय सामागैीहरु उहाँलाई हस्तान्तरण गर्यौा । हामी पुग्दा आमाको काखमा नवजात शिसु दुध आमाको दुध चुसिरहेकी थिईन । हामीले सुत्केरीलाई आफ्नो स्वास्थयको समेत ख्याल गर्दै यतिखेर अपनाउनु पर्ने सचेनताका वारेमा सल्लाह दिएर फर्क्यौँ ।’
गर्भवती र सुत्केरी अवस्था महिला तथा शिसुका लागि संवेदनशील अवस्था रहेको र यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्ने हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र स्थानीय आमा समूहद्धारा सुत्केरी आमाहरुलाई पौष्टिक खाध्य सामाग्रीहरुका साथ भेटघाट गर्ने परम्पराको शुरुवात गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य अन्जना केसी बस्नेत बताउनुहुन्छ । यसबाट सुत्केरी आमाहरुलाई हौसला मिल्ने र आमा दिदी बहिनीहरुको भावनामा एकता र सद्भावको आधार पनि मजवुत हुने उहाँको भनाई छ । अझ थप्नुहुन्छ—‘‘गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहने हुन्छ ।’ समयको परिवर्तनसँगै मानिसमा स्वास्थ्य चेतनाको वृद्धि भएको ठम्याई छ उहाँको ।
सुत्केरी भेटघाट कार्यक्रममा भवानेश्वर स्वास्थ्य आमा समूहका अध्यक्ष गोेमा खड्का, कार्यपालिका सदस्य अन्जना केसी बस्नेत, स्वास्थ्य स्वायसेविका बिनिता बस्नेत,शुसिला बस्नेत, स्वास्थ्यका अन्य कर्मचारीहरु, आमा समूहसँग आवद्ध महिला आमा दिदीबहिनीहरु उपस्थित रहनुभएको थियो । स्थानीय भवानेश्वर स्वास्थ्य महिला आमा समूहमा हाल ३२ जना सदस्यहरु रहेको आमा समूहकी अध्यक्ष खड्काले बताउनुभयो ।
[ यो पनि-बाम्राङकी सुत्केरी आमा तथा नवजात शिसुका लागि आमा समूहद्धारा पोषिलो खाध्य सामाग्री प्रदान ]
हाम्रा नानीबाबुहरुका लागि यो पनि जानकारी लिऔँ
[ थप जानकारीका लागि यो लिंक खोल्नुहोस] https://www.mbmc.edu.np/
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।