जेठ १९, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलवजारमा ‘सङघीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्याशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति महासंघ, नेपाल र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)को संयुक्त आयोजनामा जिसस महासंघ कोशी प्रदेश समिति अध्यक्ष एवं भोजपुरका जिसस प्रमुख कमल थुलुङ रार्ईको सभापतित्व तथा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा आज (जेष्ठ १९ गते) जिल्ला समन्वय समिति खोटाङको सभाहलमा ‘सङघीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कोशी प्रदेशस्तरीय कार्याशाला गोष्ठी सम्पन्न भएको हो ।
महासंघका केन्द्रिय पदाधिकारीहरु, कोशी प्रदेशका सबै समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय अधिकारीहरुको सहभागितामा भएको गोष्ठीको उदघाटन प्रमुख अतिथि खापुङद्धारा गमलामा रोपिएको विरुवामा करुवाबाट पानी हालेर गरिएको थियो भने सहभागी सबैलाई खोटाङ जिल्ला समन्वय समिति प्रमुख एवं जिसस महासंघका केन्द्रिय कोषाध्यक्ष सनबहादुर राईले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।
गोष्ठीमा विषयवस्तु प्रस्तुतिकरण गर्दै संविधान सभा सदस्य एवं विज्ञ हरि रोकाले ‘नेपाली सन्दर्भमा संघीयता’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने महासंघका पूर्व अध्यक्ष नवराज गेलालले ‘विगत, वर्तमान र भावी कार्ययोजना’का विषयमा अर्को कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
कार्यपत्रमाथिको छलफल पछि गोष्ठीमा सहभागीहरुले आ–आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीमा संवोधन गर्नुहुँदै प्रमुख अतिथि एवं प्रदेश प्रमुख खापुङले संघीयतालाई सुदृढ बनाउन विध्यमान नियम कानूनको जटिलतालाई चिर्दै तीन तहका सरकारहरुवीच गहिरो समन्वय र सहकार्यको वातावरण बनाउनुपर्छ भन्नुभयो । केन्द्रिकृत शासन पद्धतिमा जनताको आवश्यकतालाई सरकारले ठम्याउन गारो पर्ने भएकोले जनताकै घरआँगनसम्म सरकारको पहुँच पुर्याउन स्थानीय सरकार गठन भएको हो । संघीयताको मूल मर्म पनि यहीँ हो भन्नुहुँदै प्रदेश प्रमुख खापुङले अब पनि जनताको आवश्यकता र चाहनालाई सम्वोधन गर्न नसके संघीयताको के अर्थ भन्ने प्रश्न राख्नुभयो ।
उहाँले थप्नुभयो—“मूलुकको विकासका लागि स्थानीय श्रोत तथा साधनलाई भरपुर सदुपयोग गनुपर्छ । स्थानीय श्रोत तथा साधनको सदुपयोग नभएसम्म विकास सम्भव छैन । स्थानीय श्रोत तथा साधान सदुपयोग गर्न संघीयताको सुदृढिकरण अपरिहार्य रहेको छ । संघीयता सुदृढ भएपछि मात्र जनताले खान, बस्न र रोजगारी लगायतका आधारभूत सेवासुविधा प्राप्त गर्न सक्छन् ।” उहाँले जिल्ला समन्वय समितिको उद्देश्य, लक्ष्य र जिम्मेवारी पूरा गर्नका निमित्त आवश्यक कानून निर्माणका लागि सम्बन्धित निकायसँग समन्वयकारी पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
गोष्ठीले ९ वुँदे निर्णय पारित गर्दै सम्बन्धित निकायमा पहल गर्ने खोटाङ समन्वय प्रमुख एवं महासंघ केन्द्रिय कोषाध्यक्ष राईले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला समन्वय समितिलाई IT Officer अनिवार्य व्यवस्था मिलाउन प्रदेश तथा संघ सरकारलार्ई अनुरोध गर्ने निर्णय भएको छ । त्यस्तै जिल्ला समन्वय समितिमा उठेका आन्तरिक आम्दानी आफै खर्च गर्न पाउने व्यवस्थाको लागि अनुरोध गर्ने, प्रदेश तथा संघ सरकारले समन्वय र सन्तुलनलार्ई प्रभावकारी बनाउन बजेटको व्यवस्था मिलाउन अनुरोध गर्ने, संघ र प्रदेश सञ्चालन गर्ने आयोजनाहरुको अनुगमन प्रभावकारी बनाउन आवश्यक कानून निर्माणको लागि अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।
यसैगरी कोशी प्रदेशले बनाएको जिल्ला सभा ऐन २०७५ मा जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार सम्बन्धि कार्यन्वयनको नीति, कार्यविधि बनाउन जिल्ला सभालाई अधिकार दिन कानून परिवर्तन गर्न अनुरोध गर्ने, प्रदेश सरकारको जिल्ला स्थित कार्यालयहरुको संयोजन गर्न जिल्ला समन्वय समितिलार्ई नेतृत्व दिन अनुरोध गर्ने, जिल्ला समन्वय समितिलार्ई वित्त आयोगले अनुदान उपलब्ध गराउन आवश्यक प्रकृयामा लैजान अनुरोध गर्ने, जिल्ला समन्वय समितिमा रहेका कर्मचारी, दरबन्दी अधिक रुपमा खालि भएकोले यथाशिघ्र संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने लगायतका बुँदाहरु समेटेर गोष्ठीबाट निर्णय पारित गरिएको बताइन्छ ।
प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति महासंघ, नेपालले सम्मान समेत गरेको छ । त्यस्तै जिल्ला समन्वय समिति खोटाङले उहाँलाई मायाँको चिनोस्वरुप वाबु‘चिण्डो’ उपहार दिएको छ । गोष्ठीको समापनपछि उहाँ दिक्तेलस्थित सोल्मामा आयोजित साकेला उँभौली कार्यक्रममा समेत सहभागी हुनुभएका जनाइएको छ ।
खोटाङको सदरमुकाम दिक्तेलवजारमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय महासंघको गोष्ठीमा महासंघका केन्द्रिय अध्यक्ष एवं जिसस सुनसरी प्रमुख राजन मेहताका साथै महासंघका केन्द्रिय पदाधिकारीहरु, कोशी प्रदेशका १४ वटै जिल्लाका समन्वय समितिका प्रमुखहरु, खोटाङ जिल्लाका समन्वय समिति उपप्रमुख शुरेस तामाङ तथा सदस्यहरु, जिल्ला समन्वय अधिकारीहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, वडाका वडाध्यक्षहरु, जिल्लाका सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !