बैशाख ०५, २०८१ , Khotang
अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउन नछुटाऔँ
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल सरकारले विगतमा झैँ यो वर्ष पनि यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ । सोही अनुसार खोटाङमा पनि ६ महिना देखि ५ वर्षमूनिका वालवालिकाहरुका लागि भिटामिन ‘ए’ र जुकाको औषिधि खुवाउने कार्यक्रमलाई सफल गराउन व्यापक तयारी गरिएको खोटाङ अस्पतालका प्रमुख जीवन चौलागाईले बताउनुभयो ।
जिल्लाका १० वटै स्थानिय तहहरुमा ६ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई निर्धारित मितिमा भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउनका लागि जिल्लाभर स्वास्थ्य स्वयंसेविका तथा अन्य स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको अस्पताल प्रमुख चौलागाईले बताउनुभयो । सम्पूर्ण अभिभावकहरुले ६ महिनादेखि ५ वर्ष मुनिका आफ्ना वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउन नछुटाउन समेत उहाँले आग्रह गर्नुभएको छ ।
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न तथा शरीरका अंगहरुको उचित विकास गर्न महत्वपूर्ण मानिएको भिटामिन ‘ए’ क्याप्सुलसगैँ जुकाको औषधि समेत खुवाईने जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
जिल्लाको कुल जनसंख्या मध्ये १२ हजार भन्दा वढी उक्त उमेर समुहका वालवालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईनेछ भने जुकाको औषधि १ देखि ५ बर्षसम्मका वालवालिकालाई खुवाइनेछ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।