भदौ ०६, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी कार्यक्रमले सञ्चालन गरिरहेको वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको अनुगमन गरिएको छ । नगरपालिकाका वडा नं. १२ जाल्पा र वडानं. १३ नुनथलामा सञ्चालनमा रहेको २१ हप्ते वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको मंगलवार नगरपालिकाको तर्फबाट अनुगमन गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
नगरप्रमुख भट्टराईका साथ उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, नगर कृषि शाखा प्रमुख तेजप्रकाश जैशी, सामी प्रदेशकी कोअर्डीनेटर उमा पौडेल, वडा नं. १२ जाल्पाका वडाध्यक्ष दानबहादुर राई, वित्तिय साक्षारता प्रमुख मीन आचार्य, प्रशासनिक सहायक जानुका श्रेष्ठ लगायतले जाल्पामा सञ्चालित उक्त कक्षाको अनुगमन गर्नुभएको थियो ।
अनुगमनका क्रममा सञ्चालन भएको अन्तकृयात्मक कार्यक्रममा सामी परियोजनाका संयोजक सन्तोष राई, मनोसामाजिक परामर्श प्रमुख गायत्री तामाङले सहजिकरण गर्नुभएको थियो ।
अनुगमनका क्रममा मंगलवार जाल्पामा सञ्चालित मनोसामाजिक परामर्श कक्षाबाट स्थानीयमा सकारात्मक प्रभाव पर्न थालेको जनाइएको छ । कक्षामा सहभागि भएपछि स्थानीय समुदायमा घर परिवार विखण्डनको समस्या न्युन हुदै गएको, पारस्परिक विश्वास र आत्मियतामा वृद्धि भएको, कृषि क्षेत्रलाई आधुनिक प्रविधितर्फ जोड्दै यस पेशा प्रति आकर्षण वढेको पाइएको, जंक फूड र आयातित पेय पदार्थहरु ड्यु, कोक आदिको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्ने चेतना वृद्धि भैरहेको, समुदायमा फजुल खर्च गर्ने बानीमा सुधार भै मितव्ययिता अपनाउन शुरु भएको, बैदेशिक रोजगारबाट कमाएको रुपिया सुरक्षित गर्ने बानीको विकास भैरहेको जस्ता सवल पक्षहरुको विकास भैरहेको जनाइएको छ ।
यस्तै वेरोजगार युवाशक्तिलाई स्वेदेशमै रहेर उत्पादनशील क्षेत्रमा लाग्न सिपमुलक तालिम , लगानीका लागि पुजी रकमको व्यवस्थापन जस्ता कामहरुमा सरकारले ध्यान दिनुपर्ने नगरप्रमुख भट्टराईले बताउनुभयो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।