बैशाख १५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच लैङ्गिक हिङ्सा निवारणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगले शुक्रवार जिल्लास्थित दशवटै स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिलाई सहभागी गराएर शुक्रबार दिक्तेलमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले न्यायका पहुँचभन्दा बाहिर रहेका नागरिकलाई न्याय दिलाउनेगरी प्रभावकारी रुपमा क्रियाकलाप गर्न स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारीलाई अनुरोध गर्नुभएको छ । उहाँले संघीयताको कार्यान्वयनसँगै स्थानीय तहहरुमा न्यायिक समिति गठन हुने व्यवस्था हुनु महत्वपूर्ण उपलव्धि भएको उल्लेख गर्नुभयो । यसलाई प्रभावकारी बनाउनु न्यायिक समितिका पदाधिकारीहरुको भूमिकामा निर्भर रहेको बताउदै उहाँले यस्ता अन्तकृयात्मक कार्यक्रमहरुबाट क्षमता विकासमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले राष्ट्रिय महिला आयोगको क्रियाकलापले नागरिकमा चेतना अभिवृद्धि हुने बताउनुभयो । यस्ता गतिविधिहरु शहरवजार केन्द्रित नगरी गाउँका दुरदराजमा समेत विस्तारित हुनुपर्नेमा उहाँको जोड थिया ।
अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विशन राई, केपिलासगढी गाउँपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक गुरुराज राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपप्रमुख अरुणा थापामगर, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, कानून व्यवसायी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरे र आयोगका उपसचिव लक्ष्मी शर्मा पौडेलले लैङ्गिक हिङ्सा निवारणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले न्यायिक समितिको क्षेत्राधिकार तथा कार्यसम्पादन प्रक्रिया, महिलाको न्यायमा पहुँच, महिला अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी अभ्यास लगायतका बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उठेका गम्भीर प्रकृतिका सवालहरुलाई राष्ट्रिय महिला आयोगका पदाधिकारी तथा प्रतिनिधिले टिपोट गरेर लगेका छन् । टिपोट गरिएका सवालहरुलाई उच्चस्तरीय छलफलको आयोजना गरेर समाधान गरिने राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल (खतिवडा) ले बताउनुभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !