कार्तिक १७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङ काफ्लेगाउँका जेष्ठ नागरिकहरुले तिहारको खुशियालीमा सामुहिक रुपमा देउसी भैलो गाउँदै खुशी साटासाट गरेका छन् । मझुवागढीसेवा समाज गुठी काफ्लेगाउँको आयोजनामा गुठी भवनको प्रांगनमा कात्तिक १६ गते स्थानीय जेष्ठ नागरिकहरु भेला भएर सामुहिक रुपमा देउसी भैला गाँउदै नाँच्दै आपसमा खुशी साटासाट गरेका हुन ।
काफ्लेगाउँका सबैभन्दा जेष्ठ नागरिक ९० वर्षीय भिमबहादुर कटवाल, ८७ वर्षीय पदम बहादुर कटवाल, ८७ वर्षीय चंखबहादुर कटवाल, ८२ वर्षीय कर्णबहादुर कटवाल, कष्णबहादुर कटवाल, मानबहादुर कटवाल, कुलबहादुर कटवाल, ध्रुवलाल कटवाल अम्वालिका अधिकारी, रत्नमाया कटवाल लगायत अन्य स्थानीय जेष्ठ नागरिकहरुको उपस्थितिमा हर्षोल्लासपूर्ण ढंगबाट भएको जेष्ठ नागरिक देउसी भैलो कार्यक्रममा युवाहरुको पनि त्यतिकै सहभागिता रहेको वडा नं. ५ लफ्याङका वडा सदस्य एवं समाजसेवी गोविन्द कटवालले हलेसी एफएमलाई बताउनुभयो ।
उहाँका अनुसार गुठीले हरेक महिनाको पहिलो दिन यसैगरी जेष्ठ नागरिकहरुको भेला गराएर आपसमा शुभकामना आदान प्रदान गर्ने कार्य्रकम पनि राखिदै आएको छ ।
महत्वपूर्ण चाँडपर्वका अवसरमा स्थानीय जेष्ठ नागरिकहरुको उपस्थितिमा गाउँका मानिसहरु सहभागी भएर खुशीयाली मनाउँदा सामाजिक सद्भाव र सहिष्णुता थप मजवुत बन्ने मझुवागढी सेवा समाज गुठीका अध्यक्ष केशर दाहाल बताउनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !