कार्तिक १६, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ/
कृषि प्रवर्द्दन र कृषक हितका लागि सरकारले सहयोग गर्नुपर्ने जनआवाज आईरहेकै वेला स्थानीय सरकार अन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि विकास शाखाबाट आर्थिक वर्ष २०८०/८१ अन्तर्गत केही कृषि प्रवर्द्दनात्मक कार्यक्रमहरुका शिर्षकहरुमा किसानहरुका लागि दरखास्त माग आह्वान गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको तर्फबाट दरखास्त माग आह्वान गरिएसँगै वास्तविक किसानहरुले जानकारी पाएर सहभागिता जनाउन् भन्ने ध्येयले स्थानीय रेडियोहरुबाट पनि पटक पटक सूचना प्रशारण गरिदै आएको कृषि प्रसार अधिकृत तेजप्रकाश जैशी बताउनुहुन्छ ।
नगरपालिकाको आव २०८०/८१ को वार्षिक स्वीकृत वाली तथा पशुपन्छि वीमामा नगद अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकाको वाली तथा पशुधन वीमाको प्रिमियममा थप अनुदान उपलव्ध गराउने कार्यविधि २०७९ बमोजिम यो कार्यक्रम सञ्चालन गरिने कृषि विकाश शाखाले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन ईच्छुक नगरपालिकाभित्रका कृषक, कृषि वा पशुपालक समूह, कृषि वा वा पशुपालक सहकारी कृषि वा पशुपन्छि फार्महरुले आगामी मंसिर १५ गतेभित्र नगरपालिकाको कृषि विकास तथा पशुसेवा शाखामा रितपूर्वक निवेदन दिनुपर्ने कृषि प्रसार अधिकृत जैशीले जानकारी दिनुभयो ।
यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि विकास शाखाको चालू आव २०८०/८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार उत्पादनमा आधारित अनुदानका लागि समेत सूचना सार्वजनिक गरिएको छ । जसअनुसार कृषि तथा पशुजन्य बस्तुको उत्पादनमा आधारित अनुदान सम्बन्धि कार्यविधि २०८० बमोजिम वाली वस्तुहरु मह, लसुन, प्याज, वेसार, तोरी उत्पादनका लागि प्रोत्साहन अनुदान दिईनेछ । कृषि शाखा श्रोतका अनुसार महका लागि नगरपालिकाका सबै वडा, लसुनका लागि वडा नं ९ र १३, प्याजका लागि वडा नं ४ र ७, वेसारका लागि वडा नं ३ र ५ र तोरीका लागि नगरपालिकाभरिलाई पकेट क्षेत्र तोकिएको छ । तोकिएका पकेट क्षेत्रका कृषक, कृषक समूह, कृषि सहकारी,कृषि फार्महरुले मंसिर ३ गतेभित्र तोकिएको रित अनुसार दरखास्त कृषि विकास कार्यालयमा पेश गरिएमा मापदण्ड बमोजिम प्रोत्साहन अनुदान उपलव्ध गराईने श्रोतले जनाएको छ ।
यो वर्ष नगरपालिकाले कोदो र फापरको रैथाने वाली प्रवर्द्दन कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । यसका लागि यो आवमा संघीय ससर्त अनुदानमा रैथाने वाली प्रवर्द्दन कार्यक्रम सञ्चालन गर्ने भएको हो । प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तिय हस्तान्तरित कृषि विकास कार्यक्रम संचालन सम्बन्धि कार्यविधि २०८० बमोजिम कोदो तथा फापर वाली उत्पादनमा प्रोत्साहन अनुदानका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्महरुले कार्तिक १९ गतेभित्र तोकिएको रित पुराई कृषि विकाश शाखामा दरखास्त दिनुपर्ने जनाईएको छ । यसका लागि निश्चित मापदण्ड समेत निर्धारण गरिएको सूचित गरिएको छ ।
‘सरकारले विनियोजन गरेको वजेट र कार्यक्रम लक्षित वर्गमा कसरी पुराउन सकिन्छ भनेर यथासम्भव वस्ति तहका किसान समुदायसम्म जानकारी पुग्न सकोस भन्ने हाम्रो ध्येय छ । कुनै कुरो सोध्न चाहेमा हामीले स्थानीय एफएममार्फत सम्पर्क नम्वरहरु पनि जानकारी गराउदै आएका छौँ ।’– कृषि विकास शाखाका एक कर्मचारी बताउनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।