जेठ २४, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला भित्रका ठूला सडक आयोजनाको काममा चरम ढिलासुस्ती गर्ने दुई नेता ठेकेदारहरुलाई १५ दिनभित्र काममा फर्किन चेतावनी दिदै नेपाली कांग्रेस तथा नेकपा एमालेका शिर्ष नेताहरुका नाममा पत्राचार गरेको छ । गाइघाट दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत मुहरे फाक्सिन्टार ४९ किमी सडक खण्डको कालोपत्रेको ठेक्का लिएका दुई ठेकेदार कम्पनीलाई १५ दिन भित्र काममा नफर्किए उहाँहरु सम्बद्ध दलका शिर्ष नेताको घरदेखि पार्टी कार्यालयसम्म धर्ना आन्दोलन गर्ने जनाउदै नगरपालिकाको तर्फबाट नगरप्रमुख तीर्थराज भट्टराईले आज पत्र पठाउनुभएको हो ।
महुरे-फोक्सिन्टार सडक खण्डअन्तर्गत महुरे-सिम्पानी खण्डको कामको जिम्मा लिएको भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी नेपाली कांग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीसँग सम्बन्धित कम्पनी हो । शाही २०७९ सालमा प्रदेश सांसदमा कांग्रेसका तर्फबाट उम्मेदवार पनि बन्नुभएको थियो । उहाँ सम्बद्ध कम्पनीले काम जिम्मा लिएर समयमा काम नहुदा पटक पटक म्याद थपिएर पनि कामले गति लिन नसक्दा वर्षेनी यात्रुहरुले ठूलो कष्ट व्यहोर्नु परिरहेछ । त्यस्तै सिम्पानी-फोक्सिङटार सडकखण्डको काम जिम्मा लिने कम्पनी झापाका एमाले नेता मदन अधिकारीसँग सम्बन्धित कम्पनी हो । यो काममा पनि अत्यन्त ढिलासुस्ती हुनुका कारण यात्रुहरुले ठूलो सास्ती व्यहोर्दै आउनु परेको छ । ठेक्का लिने अनि राजनैतिक शक्तिकेन्द्रको आडमा वर्षौँसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको भन्दै नगरपालिकाले रोष प्रकट गरेको छ ।
महुरे फोक्सिङटार सडकको काम गतिहिन भएको भन्दै जिल्लाका नेता कार्यकर्ताहरुले पटक पटक दवाव सिर्जना गर्दा पनि उल्लेखनीय गति लिन नसक्दा नगरपालिकाका तर्फबाट नगरप्रमुख तीर्थराज भट्टराईले नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा र नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीलाई सम्बोधन गर्दै १५ दिन भित्र ठेकेदार काममा नफर्किए नेताकै घरदेखि पार्टी कार्यालय सम्म धर्ना र आन्दोलन गर्ने उल्लेख गर्दै पत्र पठाउनु भएको हो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।