जेठ ०२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका–४ डुम्रेस्थित श्री देउराली माध्यामिक बिध्यालय डुम्रेधारापानीले विविध कार्यक्रमका साथ ६७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विध्यालयले आफ्नो ६७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस आगामी जेठ १९, २० र २१ गते विविध कार्यक्रमको आयोजना गरेर मनाउन लागेको हो ।
जेठ १९ गते बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटनसँगै देउराली माविका विध्यार्थीहरुले मात्र सहभागी हुने आधारभूत तह (कक्षा १–३)का छात्रहरुवीच चक्लेट दौड, आधारभूत तह (कक्षा१–३)का छात्राहरुवीच बेलुन ब्लास्ट प्रतियोगिता हुने देउराली माध्यामिक बिध्यालयका प्र.अ किशोर के.सीले जानकारी दिनु भएको छ ।
यसैगरी रावाबेसी गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका सबै बिध्यालयहरु तथा ऐसेलुखर्क गाउँपालिका वडा नं.६ अन्तर्गत श्री कालीका आधारभूत बिध्यालय र महांकला आधारभूत बिध्यालयमा अध्ययनरत आधारभूत तह (कक्षा४–५)कावीच छात्र लेफ्ट÷राइट तथा सोही क्षेत्रभित्रका विध्यालयमा अध्ययनरत आधारभूत तह (कक्षा ४–५)का छात्राहरुवीच हिसाव दौड प्रतियोगिता हुने प्रअ केसी बताउनुहुन्छ ।
उहाँका अनुसार रावाबेसी गाउँपालिका वडा नं. ४ र ५, ऐसेलुखर्क वडा न.६ र आयोजक वीच पुरुष भलिबल प्रतियोगिता पनि खेलाइनेछ । भलिबल खेलमा सहभागी हुन आउदा वडा कार्यालय र आयोजकबाट सिफरिश भर्ई आएको एक टिमलार्ई मात्र सहभागी गरार्ईने सगै श्री युवराज हरिदेवि गुरुङ अक्षयकोष छात्रवृत्ति पनि बितरण गरिने प्र.अ केसीले बताउनु भयो ।
यसै गरी कार्यक्रमको दोस्रो दिन जेठ २० गते रावाबेसी गाउँपालिका वडा नं ४ र ५ अन्तर्गतका बिध्यालयहरुमा अध्ययनरत आधारभूत तह (कक्षा ६–८) का विध्यार्थीहरु वीच अङग्रेजी हिज्जे प्रतियोगिता हुनेछ । एक टिममा ३ जना सहभागी हुने जनाइएको छ । जसमा १ जना छात्रा अनिवार्य गरिएको छ । सोही दिन रावावेशी गाउँपालिकाभित्रका माविका वीच हाजिरी जवाफ प्रतियोगिता गराइनेछ । जसका लागि विध्यालयका माध्यमिक तह (कक्षा ९–१०) का विध्यार्थीहरु ३ जनाको एक टोलि बनाइनेछ ,जसमा १ जना छात्रा अनिवार्य समावेश हुनुपर्ने भनिएको छ ।
यस्तै माध्यमिक तह (कक्षा११–१२ ) का विध्यार्थीहरु सहभागी रहने गरी बक्तृत्व कला प्रतियोगिता रावावेशी गाउँपालिकाभित्रका माध्यामिक विध्यालयहरुबिच गराइनेछ । प्रति बिध्यलयका एक छात्रा वा छात्र हुनुपर्ने र वक्तृत्वको विषय सोही दिन प्रस्तुत गर्नु आधा घण्टा अगाडि दिइने जनाइएको छ । यसै गरि सामुहिक नृत्य खुल्ला हुने भएको छ । नृत्यमा समूहगत चार जना हुनुपर्ने र गीत-देशभक्तिपूर्ण हुनुपर्ने बतार्ईएको छ ।
कार्यक्रमको अन्तिम दिन जेठ २१ गते पुरुष अभिभावकवीच छेलो, महिला अभिभावकवीच सचेतनामूलक सडक–नाटक, शिक्षकहरुवीच कविता प्रतियोगिता, प्र.अद्धारा प्रतिवेदन प्रस्तुत र अन्तमा पुरुस्कार बितरण तथा गौरिनाथ दमयन्ता शिक्षाकोष / दिव्यराज आचार्य अक्षयकोष वितरणका साथै साँझमा दिपावली गरिने जनाइएको छ ।
कार्यक्रममा अन्तरवडा भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलार्ई क्रमश रु.पन्ध्र हजार, रु. दश हजार र रु.पाँचहजार प्रदान गरिने विध्यालय श्रोतले जनाएको छ । यस्तै खुल्ला नृत्यका प्रथम, दोस्रो, तेस्रो हुने टिमलाई क्रमशः रु.पाच हजार, रु.तीन हजार र रु.दुर्ई हजार, महिला अभिभावकवीच सडक–नाटकका प्रथम, दोस्रो र तेस्रो हुने टिमलार्ई रु.तीन हजार, रु.दुर्ई हजार, रु.पन्ध्र सय यसै गरि अङग्रेजी हिज्जे र माध्यमिक तहवीच हाजिरीजवफ प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुने टिमलार्ई पन्ध्र/पन्ध्र सय, नौँ/नौ सय र छ/छ सय रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।
यसै गरि माध्यमिक तह ( ११–१२) वीच वक्तृत्वकला, शिक्षकहरुवीच कविता प्रतियोगिता र पुरुष अभिभावकवीच छेलो हान्ने खेलमा प्रथम, दोस्रो, तेस्रोलार्ई क्रमश रु. एक/एक हजार, सात/सात सय र पाँच/पाँच सय रुपैयाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ । चक्लेट दौड प्रतियोगिता, बेलुन ब्लास्ट प्रतियोगिता, लेफ्ट/राइट प्रतियोगिता र हिसाब दौड प्रतियोगिताका बिजेता प्रथम, दोस्रो, तेस्रोलार्ई क्रमश रु. पाँच/पाँच सय, तीन/तीन सय र दुई/दुर्ई सय नगद पुरस्कार बितरण गरिने श्री देउराली माध्यमिक बिध्यालयका प्र.अ. केसीले बताउनुभयो
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !