जेठ ११, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा बैशाख ३१ गतेबाट शुरु भएको बृहत खोटाङ-हलेसी खेलकुद, साहित्यिक, सांगीतिक, पर्यटन महोत्सव–२०८१ समापन भएको छ । अन्तिम चरणमा राष्ट्रिय कराते प्रतियोगिताको प्रदर्शनसँगै जेष्ठ १० गते महोत्सव समापन भएको हो ।
महोत्सवको अन्तिम श्रंखलामा भएको राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आयोजक टिमले चुमेकोे छ । दिक्तेलको माटिकोरे कभर्डहलमा सम्पन्न भएको राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक नेपाल खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित रु एक लाख ११ हजार १११ राशीको प्रथम पुरस्कार हात पार्दै उपाधि चुम्न सफल भएको छ ।
यस्तै तीन स्वर्ण, दुई रजत, सात कास्य ल्याएर दोश्रो बनेकोे बाग्मती प्रदेशले रु. ५५ हजार ५५५, दुई स्वर्ण, एक रजत, चार कास्य ल्याएर तेश्रो बनेको गण्डकी प्रदेशले रु.४४ हजार ४४४ र एक स्वर्ण, सात रजत, चार कास्य ल्याएर चौथो बनेको कोशी प्रदेशले रु.२२ हजार २२२ रुपैयाँसहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् ।
सुदुरपश्चिम प्रदेश, मधेश प्रदेशले एक–एक स्वर्णका हकदार हुँदा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश भने स्वर्ण पदकबाट बञ्चित रहन पुगे ।
प्रतियोगितामा महिलातर्फ सुदुरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई सर्वोत्कृष्ट खेलाडि घोषित भएकाछन् । सर्वोत्कृष्ट खेलाडी गरिमा र रुरीहाङले जनही नगद रु २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन् ।
प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरी आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको कराँते प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेश प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेश प्रदेशलाई रु एघार हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजुले बताउनुभयो ।
प्रतियोगिताका विजयी खेलाडी तथा टिमलाई प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’ले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम समापनका अवसरमा अतिथिहरुले महोत्सवको सह्राहना गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।