मंसिर ०८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु मिलेर “बडहरे एकता सेवा समाज’’ गठन गरिएको छ । आर्थिक रुपमा बिपन्न, अशक्त र जुनसुकै बेला आईपर्ने प्राकृतिक प्रकोप, बिपत्ति लगायत अन्य समस्यामा परेकाहरूलाई सहयोग गर्ने उद्धेश्यबाट मंसिर ८ गते शनिवार स्थानीय पुर्ण बहादुर बस्नेत (राजन)को अध्यक्षतामा “बडहरे एकता सेवा समाज’’ गठन गरिएको स्थानीय समाज सेवी कुलबहादुर बस्नेतले हलेसी एफमलाई जानकारी दिनुभएको छ ।
यसैगरी समाजको उपाध्यक्षमा पुण्य बहादुर. बस्नेत, कोषाध्यक्षमा नारायण बहादुर. बस्नेत, सचिवमा सन्तोष बस्नेत र सह-सचिवमा टेक ब. बस्नेत रहेको जनाइएको छ भने वरिष्ठ उपाध्यक्षमा हेमराज बस्नेत चयन हुनुभएको छ ।
समाजलाई आर्थिक रुपमा सवल बनाउन केही समय मासिक रूपबाट प्रति ब्यक्ति रु. ६ सयका दरले आर्थिक संकलन गरी संकलित रकमलाई कुमारी बैंकमा खाता खोलेर जम्मा गरिने समाज सेवी बस्नेतले बताउनुभयो ।
समाज गठनकै क्रममा रु.१३ हजार आर्थिक संकलन भएको कोषाध्यक्ष नारायण ब. बस्नेतले बताउनुभयो । बडहरे एकता सेवा समाजको मासिक बैठक राखिने र मासिक रूपमा आर्थिक संकलन गर्ने गरी निर्णय गरिएको सचिव सन्तोष बस्नेतले बताउनुभयो ।
मासिक रूपमा केही रकम जम्मा गरेर जुनसुकै समयमा प्राकृतिक बिपत्तिमा परेकाहरुलाई सहयोग पुराउन केही टेवा दिन सकिन्छ भन्ने हेतुले बडहरे सेवा समाज गठन गरिएको अध्यक्ष पूर्णबहादुर बस्नेतको कथन छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !