असार १८, २०८१ , Khotang
हलेसीन्युजडेस्क,खोटाङ /
खोटाङमा पछिल्लो प्राप्त तथ्यांक अनुसार १३.४० प्रतिशत रोपाई सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १००१८.०९ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकोमा आषाढ १४ गते सम्ममा १३ प्रतिशत रोपार्ई सकिएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायाण रार्ईले जानकारी दिनु भएको छ ।
यस वर्ष मनसुन आगमनमा ढिलाई भएको कारण किसानहरुले समयमै खेत रोप्न पाएनन् । तर पछिल्लो समय वर्षाद हुनथालेपछि तीव्र गतिमा रोपाई भैरहेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनु भएको छ ।
लेकाली क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिकामा १०/१० प्रतिशत रोपार्ई सकिएको छ । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा १४ प्रतिशत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६ प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा १.०३७ प्रतिशत, बराहपोखरी गाउँपालिकामा २ प्रतिशत, खोटेहाङ गाउँपालिका १५ प्रतिशत खेतमा रोपाई भएको खुलासा गरिएको छ ।
यता दिप्रुङ चुर्ईचुम्मा गाउँपालिकामा १५ प्रतिशत र साकेला गाउँपालिकामा २० प्रतिशत धान रोपार्ई भएको कृषि ज्ञानकेन्द्र खोटाङले बताएको छ । असार लागेसँगै किसानहरुलाई आ–आफ्नो खेतमा धान रोप्न भ्याई–नभ्याई भईरहेको छ । स्थानीय तहबाट साप्ताहिक तथ्यांक लिइने गरेकोले आषाढ २० गते धान रोपाईको प्रगति उल्लेखनीय हुनसक्ने कृषि ज्ञानकेन्द्रको अनुमान छ ।
सिमसार भएका खेत वा नजिकै खोला खोल्सीबाट पानी सिञ्चित हुने खेतहरुमा जेठको अन्तिम सातादेखि नै रोपाई हुने गरे पनि वर्षादको पानीमा भर पर्नु पर्ने खेतमा केही ढिलाई रोपाई हुने गरेको छ । जिल्लामा वास्मती, रामविलास÷रञ्जित, मन्सुली, राधा, अटेमार्सी, मकवानपुरे, ताइचिन, खुमल, च्याम्पियन, हिमाली, तौली, पहेँले, दुधे, मनकामना, गुडुरे, सावाली, चम्पासरी, भोटाङ्गे लगायत विविध प्रजातिका धान रोपिने गरिन्छ ।
जिल्लाको रावाँबेसी गाउँपालिकाको कटहरे, खार्पा, हौंचुर, वुइपा, वियखर्क, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, मात्तिम, टेम्मा, याम्खा, छोरम्बु, डाँडागाउँ, बतासे, सप्तेश्वर छितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे, साउनेचौर लगायतका ठाउँमा सबैभन्दा बढी धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनु भयो ।
गत बर्ष खोटाङमा साउन अन्तिम सम्म ९४ प्रतिशत ९४१७.००४ हेक्टरमा रोपार्ई भएको थियो भने २१,०९४.०९ मे.टन उत्पादन भएको थियो । उत्पादकत्व प्रति हेक्टर २.२४ मे.टन रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !