असार ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ।आयोजक संस्थाका अध्यक्ष ताराबहादुर बुढाथोकीको अध्यक्षता तथा प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा लोकसंस्कृति र बञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले आषाढ ८ गते शनिवार संखुवासभाको खाँदवारीस्थित हिमालय माविको प्रांगणमा प्रतियोगिताको आयोजना भएको हो ।
प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ ।
त्यस्तै खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय हुँदा संखुवासभाको मनकामना समूह तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २५, २० र १५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पञ्चैबाजाका कलाकारहरुले संगीत दिएका थिए । सोही अवसरमा साहित्यकार खेम नेपाली, गंगा सुवेदी र गायक संजीव धिमाललाई सम्मान गरिएको थियो ।
खाँदबारी नगरपालिका वडा नम्बर ७ को सहयोगमा ‘महिला हिंसा र दुव्र्यसन विरुद्ध’ माविस्तरीय लोकदोहोरी पनि सम्पन्न भएको छ ।
प्रतियोगितामा नगर क्षेत्रभित्रका ८ वटा माविका दोहोरी टिम सहभागी भएकामा आदर्श विद्यामन्दिर प्रथम, अरुण भ्याल्ली बोर्डिङ दोस्रो र मनमकामना मावि तेस्रो भए ।
लोपोन्मुख संस्कृतिको संरक्षणसहित समाजमा सचेतना अभिवृद्धिमा प्रतियोगिता अत्यन्तै फलदायी भएको अग्रज साहित्यकार समेत रहेका आयोजक संस्थाका अध्यक्ष बुढाथोकीले दाबी गर्नुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।