फागुन ०१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङमा विद्युत शर्ट भएर आगलागी हुँदा करिब रु. १० लाख ८० हजार बराबरको धनमाल नष्ट भएको छ । दिप्रुङचुर्ईचुम्मा गाउँपालिका वडा नं. १ याम्खा निवासी डिल्लीबहादुर खत्री र उनका छोरा तेजबहादुर खत्रीको गोठमा विध्युत शर्ट भएर आगलागी हुँदा पुर्णरुपमा गोठ जलेर रु. १० लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा सोमबार अपरान्ह ४ः४५ बजे विधुत शर्ट भएर आगो लाग्दा डिल्लीबहादुर खत्रीको गोठमा बाँधेर राखेको बाख्रा माउ छ वटा, बाख्राको पाठीहरु चार वटा, लोकल कुखुरा छ वटा तत्कालै जलेर मरेको छ भने आगोको ज्वालाले भेटेको दुर्ई वटा बोका आज बिहान मरेको दिप्रुङचुर्ईचुम्मा गाउपालिका १ यम्खाका वडाध्यक्ष केशवकुमार खत्रीले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ । त्यस्तै छोरा तेजबहादुरका ६ वटा वाख्राहरु जलेर मरेको जनाइएको छ ।
घर परिवारका सदस्यहरु सबै बिहेमा गएको बेला आगलागी भएको थियो । गोठमा राखिएको परालका कारण आगो फैलिन जाँदा तत्काल आगो नियन्त्रण गर्न सम्भव नभएके अध्यक्ष खत्री बताउनुहुन्छ ।
याम्खाका प्रहरी हवल्दार, वडा अध्याक्ष केशव कुमार खत्री, स्थानीयहरु शेर बाहादुर खत्री, प्रेम खत्री, वडा सदस्य विदुर खत्री लगायत अन्य स्थानीय बासीहरुको पहलमा दुर्ईटा गोठ पुर्णरुपमा जलिसकेपछि आगो नियन्त्रणमा आएको थियो ।
डिल्लीबहादुर खत्री पहिला त्यही गोठमा बस्दै आउनु भएको थियो, पछि भुकम्पको घर बनाएर त्यहाँबाट नयाँ घरमा बस्न थाल्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !