असार २०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएकोे छ । पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा आज बसेको बैठकले खोटाङ जिल्लालाई असार २३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आषाढ २१ गते पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने कार्यक्रम तय भएकोले उक्त गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै खोटाङ जिल्लाका सबै स्थानीय तहहरु पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणायुक्त हुनेछन् ।
जिल्लाभित्रका जन्मेदेखि पाँच वर्ष भित्रका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप लगाएपश्चात जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि आगामीअसार २३ गते जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
नेपाल सरकारले निःशुल्क उपलव्ध गराएको १३ प्रकारका खोपहरु सबै खोप उमेर समूहका वालबालिकाहरुलाई लगाएपछि मात्र पूर्ण खोप सुनिश्चितता भएको मान्न सकिने भन्दै वालवालिकाहरुलाई खोप लगाउँदा उनिहरु धेरै प्रकारका रोगहरुबाट सुरक्षित रहने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देल बताउनु हुन्छ ।
जिल्लामा जन्मेदेखि पाँच वर्ष भित्रका १६ हजार ५०५ जना बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।