असार १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तलवजार समेत समेटिएको जिल्लाकै ठूलो पालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ९८ करोड ९४ लाखको बजेट तथा कार्यक्रम पारित गरेको छ । ‘नगर हाम्रो प्राण–नगर हाम्रो शान, नगर मै छ जिन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ आषाढ १० गते सोमबार सम्पन्न ११ औँ नगरसभाबाट उपप्रमुख विशन राईले रु. ९८ करोड ९४ लाख ४२ हजार ९९५ बराबरको बजेट प्रस्तुत भएको हो ।
कार्यक्रममा संघीय सशर्त अनुदान अन्तरगत चालुतर्फ अनुमानित रु. ४७ करोड ६६ लाख १२ हजार र पुँजीगततर्फ रु.४ करोड ७७ लाख ८२ हजार बजेट प्रस्तुत गरिएको छ ।
यस्तै,संघीय समपुरकबाट सञ्चालित योजनाका लागि एक करोड, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि दुई करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ ७२ लाख ६१ हजार र पुँजीगततर्फ सात करोड ३४ लाख ७३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
संघीय तथा प्रदेश सशर्त अनुदान साझेदारी कार्यक्रमका लागि दुई करोड ९२ लाख बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताए । वडा तहमा जाने पूँजीगत योजनाका लागि चार करोड ७५ लाख ५० हजार, कार्यक्रम खर्च एक करोड २० लाख र चालु अन्तरगत एक करोड १६ लाख बजेट विनियोजन गरेको हो ।
अनिवार्य दायित्व सिर्जना हुने आयोजनाका लागि एक करोड, कार्यालयतर्फ प्रशासनिक तथा कार्यक्रम खर्चका लागि १३ करोड ८४ लाख, विषयगत कार्यक्रमतर्फ दुई करोड ९५ लाख ९२ हजार र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि छ करोड ६१ लाख २० हजार बजेट विनियोजन भएको छ ।
यता हलेसी तुवाचुङ नगरपालिकाको १५ औँ नगरसभाले रु ८२ करोड २८ लाख ३३ हजार ३०० बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि उपप्रमुख रमेश राउतले चालुतर्फ रु ४५ करोड १४ लाख २१ हजार, पुँजीगतमा रु २३ करोड ६४ लाख १२ हजार ३०० र सामाजिक सुरक्षातर्फ रु १३ करोड ५० लाख बजेट प्रस्तुत गर्नुभएको हो ।
भौतिक पूर्वाधारतर्फ रु छ करोड ४६ लाख २० हजार, सामाजिक विकासतर्फ रु चार करोड ६० लाख ७५ हजार, आर्थिक विकासतर्फ रु दुई करोड दुई लाख, सुशासन तथा संस्थागत विकासमा रु ६१ लाख ८७ हजार ३०० बजेट विनियोजन भएको छ । यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ६४ लाख ३० हजार विनियोजन गरिएको नगरपालिकाले जनाएको छ
नगरसभामा नगर प्रमुख विमला राईले आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
नगर प्रमुख राईले आर्थिक विकास तथा गरिबी निवारणमा योगदान पु-याउने, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी वृद्धि गर्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
यसैगरी खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘गाउँपालिकाको सर्वाङ्गिण विकास, दिगो शान्ति, समृद्दि र समतामूलक समाज निर्माणको आकांक्षा पूरा गर्ने संकल्प’ भन्ने नाराका साथ सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न १५ औं गाउँसभामार्फत गाउँपालिका उपप्रमुख रुपेश राईले रु ५६ करोड ५५ लाख ७२ हजार ९१९ को बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
सुदुर दक्षीणी क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाले पनि आर्थिक वर्ष २०८१/८२ का लागि रु ३९ करोड १२ लाख ४५ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख भूबलराज राईले उक्त बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
‘कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार ः सभ्य, समृद्ध बराहपोखरी गाउँपालिकाको मूल आधार’ भन्ने नाराको साथ सम्पन्न गाउँसभामा गाउँपालिका प्रमुख शालिकराम बञ्जराले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमका बारेमा अर्को बैठकबाट छलफल हुने जनाइएको छ ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५० करोड ७७ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको सभाहलमा हाम्रो परिकल्पना ः समृद्ध दिप्रुङ चुईचुम्मा भन्ने नारका साथ सम्पन्न १५ औं गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष अरुणा थापामगरले ले ५० करोड ७७ लाख ६३ हजारको बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
आय हुने प्रक्षेपणको आधारमा आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट पेश गरिएको हो ।
दिप्रुङचुईचुम्मा गाउँपालिकाले बसाइसराइँ गरी अन्यत्रै बसोबास गरिरहेका नागरिकहरू र उनीहरूका सन्ततिहरूलाई गाउँपालिकामा रहेका विभिन्न प्राकृतिक, धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक सम्पदा र सौन्दर्यताको पारख गर्न घर फर्क परदेशी, दिप्रुङ चुइचुम्माले डाक्दैछ भन्ने नाराका साथ घरेलु पर्यटन विकास गर्ने नीति तथा कार्यक्रम ल्याइएको जनाइएको छ ।
हाल गाउँपालिकामा प्रभावकारी बनेको ‘हेल्लो डक्टर’ कार्यक्रमलाई कुनै एक स्वास्थ्य संस्थाबाट चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने, आधारभूत अस्पताल एवं हेल्लो डाक्टरको कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य चौकी, ओख्रेमा आवश्यक स्वास्थ्य उपकरण सहित ल्याब विस्तार र व्यवस्थित गर्दै लैजाने नीति सार्वजनिक गरिएको गाउँपालिकाका सूचना अधिकारी एवं सूचना प्रविधि अधिकृत एलुन राईले जानकारी दिनुभयो । दीर्घ रोगीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै टोलटोलमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने नीति लिइने गाउँसभामा सार्वजनिक गरिएको छ ।
उता सुदुरउत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकाको १६ औँ गाउँसभामा रु ४३ करोड ९४ लाख ८६ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सहभालमा सम्पन्न गाउँसभामा उपप्रमुख राजेशकुमार राजभण्डारीले आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
चालु कार्यक्रमतर्फ रु २१ करोड ४१ लाख ५५ हजार र पूँजीगततर्फ रु दश लाख विनियोजन गरिएको छ । प्रदेश सरकार सशर्त अनुदानबाट व्यहोर्ने गरी चालुतर्फ रु १७ लाख ५१ हजार र पूँजीगत कार्यक्रमको लागि एक करोड ५६ लाख विनियोजन गरिएको छ । जसमा गाउँपालिकाको आन्तरिक आयबाट रकम रु ३६ लाख ५० हजार अनुमान गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानसँग गाउँपालिकाले रु ५० प्रतिशत रकम समाझेदारी हुनेगरि ऐसेलुखर्क फापरस्वाँरादेखि ज्यामिरे वडा कार्याल सडक स्तरोत्ततिको लागि रु रु एक करोड ५० लाख, प्रदेश सरकार प्राप्त समपूरक अनुदानसँग गाउँपालिकाले ३५ प्रतिशत रकम साझेदारी हुने गरि ऐसेलुखर्क बजार ढलान (क्रमागत)को लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ ।
संघीय सरकार विशेष अनुदानबाट ऐसेलुखर्क गाउँपालिकाको शैक्षिक विकास (डिजिटाएज स्कुल) र साक्षरता सुधार परियोजना कार्यक्रम लागि रु एक करोड ३५ लाख विनियोजन गरिएको छ । संघीय सरकार र प्रदेश सरकार अन्य विभिन्न विकास साझेदार संस्थाहरुसँगको साझेदार कार्यक्रमको लागि रु ८० करोड बजेट विनियोजन भएको छ ।
वडागत पूँजीगत योजनाहरुका लागि रु एक करोड दुई लाख विनियोजन गरिएको उपप्रमुख राजभण्डारीले जानकारी दिनुभएको छ । गाउँपालिकाभित्रका पुराना सडक मर्मतको लागि रु २० लाख विनियोजन गरिएको छ भने आर्थिक, समाजिक र पूर्वाधार क्षेत्रको लागि एकमुष्ट रु १९ लाख विनियोजन भएको छ ।
यस्तै जन्तेढुङ्गा गाउँपालिकाको १५ औँ गाउँसभामा ४२ करोड २५ लाख ८ हजार ७११ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सहभालमा सम्पन्न गाउँसभामा उपाध्यक्ष खेमबहादुुर खड्काले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदान संघ ७ करोड ८२ लाख, समानीकरण अनुदान प्रदेश ४५ लाख ९४ हजार, राजस्व बाँडफाट संघ ७ करोड ९३ लाख ९९ हजार ७११, राजस्व बाँडफाड प्रदेश २९ लाख ३० हजार, विशेष अनुदान सङ्घ १ करोड ५० लाख, समपूरक अनुदान सङ्घ ६० लाख, समपूरक अनुदान प्रदेशबाट १ करोड, सशर्त अनुदान सङ्घ १८ करोड ९२ लाख ३ हजार, सशर्त अनुदान प्रदेश १ करोड ११ लाख ८२ हजार, आन्तरिक स्रोत ४० लाख, आन्तरिक स्रोत बैंक मौजात २ करोड २० लाख गरी गाउँपालिकाले ४२ करोड २५ लाख ८ हजार ७११ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष अरुणादेवि राईले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गरिएको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।
यसैगरी केपिलासगढी गाउँपालिकाले ४९ करोड २७ लाख ३६ हजारको बजेट प्रस्तुत गरेको छ भने रावा बेसी गाउँपालिकाले आषाढ ९ गते आइतवार नै आर्थिक वर्ष २०८१/०८२ का लागि ४० करोड ६३ लाख ५८ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ ।
[ यो पनि-साकेलाको आगामी आ.व.का लागि रु.३१ करोड २२ लाखको बजेट पारित ]
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान