फागुन २५, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा दुईदिने निशुल्क मृगौला परिक्षण शिविर सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सदरमुकामस्थित सरस्वती माविको प्राङ्गणमा फागुन २४ गतेदेखि सञ्चालित दुई दिने निशुल्क शिविर आज सम्पन्न भएको हो ।
विश्व मृगौला दिवसको अवसरमा सञ्चालित निशुल्क मृगौला परिक्षण शिविरमा नेपालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलिले मृगौला परिक्षणका लागि टाढाटाढाबाट आएका सेवाग्राहीहरुको मृगौलाको स्किृनिङ, पिसाव र सुगर जाँच गरेर मृगौलाको अवस्थाको बारेमा परिक्षण गरिएको थियो ।
डिपिस्टक (Dipstick) विधिबाट मृगौलाको अवस्थाको वारेमा परिक्षण गरिएको रिपोर्टमा जिल्लाको प्रारम्भिक जाँचबाट मृगौलाको अवस्था जानकारी लिने र भविष्यमा भोलिको पुस्तालाई कसरी मृगौला रोगबाट सुरक्षित रहन सक्ने भन्ने अवधारणाबाट शिविरको आयोजना गरिएको पालिकाले जनाएको छ ।
प्रशिक्षण कार्यक्रम सञ्चालन गरिदै
दुई दिने शिविरमा जम्मा ११८० जना सेवाग्राहीले परिक्षण गराएका थिए । जसमा महिला सेवाग्राही ६६१ जना र पुरुष सेवा ग्राही ५१९ जना सहभागी हुनुहुन्थ्यो । १४४ जना ६० वर्ष माथिका उमेरसमूहका जेष्ठनागरिकहरुले परिक्षण गराउनुभएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । परिक्षण गराएका मध्ये ९६ जनाको मृगौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेका हुँदा थप परिक्षणका लागि जिल्ला अष्पतालसँग समन्वय गरेर जिल्ला अष्पताल रिफर गरिएको जनाइएको छ । परिक्षण गरिएकामध्ये ४२ जनामा पिसावमा चिनिको रोग देखा परेको , २०२ जनामा उच्च रक्तचाप देखा परेको हुँदा उहाँहरुलाई थप परिक्षण र उपचारका लागि अष्पताल जान सल्लाह दिइएको छ ।
फागुन २४ र २५ गते मृगौला परिेक्षण शिविरका साथै स्वास्थ्य र स्वास्थ्य सँग सम्बन्धि विषयहरुमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा विध्यालयका शिक्षक विध्यार्थी, कर्मचारी, पत्रकार, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरु सहभागी रहनुभएको थियो । उहाँहरुलाई वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, सामाजिक अभियन्ता हिम्मतसिंह लेकाली, फेमिली केयर अष्पतालका डा. केके राई, राष्ट्रिय मानव अधिकार आयोग वाग्मती प्रदेशका प्रशासन प्रमुख लोकनाथ घिमिरेले प्रशिक्षण सम्बन्धित विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !