फागुन ०४, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा काठमाण्डौमा गरिने मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी २०८०को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभिमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ फागुन ५ देखि १७ गतेसम्म आयोजना गर्न लागेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को तयारी अब अन्तिम चरणमा पुगेको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार फागुन ५ गते राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को उद्घाटन गरिनेछ । प्रदर्शनीमा ५० देशका चित्रकारहरुले बनाएका १७० भन्दा बढी चित्रहरु राखिने छन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङको समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र झल्किने छ ।
मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी गराउने स्थानीय सरकारका तर्फबाट अन्तराष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने पहिलो आयोजना भएकोले यसलाई प्रभावकारी व्यवस्थापनका साथ सम्पन्न गराउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रशस्त मिहिनेत गरिरहेको जनाइएको छ ।
उद्घाटन सत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्राकृतिक, भौगोलिक, साँस्कृतिक विशेषता झल्किने गीत खोटाङ कलाकार समाजको तर्फबाट प्रस्तुत गरेर अतिथिहरुको स्वागत गरिनेछ । जुन गीत खोटाङका साहित्यकार टंक भट्टराईद्धारा सिर्जना गरिएको हो ।
काठमाण्डौँमा आएर खोटाङका विभिन्न क्षेत्रमा आवद्ध संघ संस्थाहरुले व्यवस्थापनमा स्वयंसेवक देखि अतिथिहरुको स्वागत सत्कारमा सहयोग पुराउनेछन् । विभिन्न शैक्षिक संस्थाहरुले चिया नास्ता देखि साँस्कृतिक कार्यक्रम गरेर आकर्षण बढाउनेछन् । यसैगरी सबै राजनैतिक दल आवद्ध खोटाङ–काठमाण्डौँ सम्पर्क समितिहरुसँग पटक पटक बसेर यस कार्यक्रमलाई सफल गराउन छलफल र निर्णय भएको नगरप्रमुख भट्टराई बताउनुहुन्छ ।
यस वीचमा प्रतिनिधि सभा सदस्यहरु रामकुमार राई र सरस्वती वजिमयका साथमा नगरप्रमुख तीर्थराज भट्टराई, वडा नं. १२ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक दानबहादुर राई सहितको टोलि प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालय, पूर्व प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, अन्य दलका प्रमुखहरुसँग भेटघाट गरी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपस्थित हुन निम्तो दिइसकिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
गत असोज १७ देखि २१ गतेसम्म १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि १०९ वटा जीवन्त चित्रहरु (लाइभ) कोरिएको थियो । ती चित्रहरुलाई काठमाण्डौँमा हुने प्रदर्शनीमा राखिनेछन् ।
काठमाण्डौमा हुने प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री, बाहुनलगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताउनुभयो ।
प्रदर्शनीको अवधिभर पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका अधिकारीहरु, उद्योगी–व्यवसायी, लेखक लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।
भेटघाट र छलफलका क्रममा लिइएका केही तस्विरहरु
p
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।