माघ ०२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको सुदुर दक्षिणी क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिका वडा नं. ५ मौवाबोटेका ८१ बर्षका पदमबहादुर राईको घर आगलागीबाट जलेर नष्ट भएको हो ।
आज बुधवार अन्दाजी दिउसो १ बजेको समयमा ढुङ्गा माटो र काठले बनेको खरको छानो भएको राईको २ तले घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी मोहन पोखरेलले हलेसी एफ एमलाई जानकारी गराउनुभएको हो ।
आगलागीबाट घर पूर्ण रुपमा जल्नुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, सुन ६ आना, मिटरबक्स एकथान तथा नगद रु १५ हजार समेत पुर्णरुपमा जलेर नष्ट हुँदा जम्मा रु.८ लाख २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा पशु चौपायाको क्षति नभएको बताइन्छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।
अगालागी डेढ घण्टामा प्रहरी तथा स्थानीयबासीको सहयोगमा नियन्त्रणमा ल्याईएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।