बैशाख १२, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क,खोटाङ /
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालमा २२ घण्टा बिताएर स्वदेश फर्कनुभयो । बंगलादेश हुँदै आफ्नो निजी विमानबाट मंगलबार साँझ ४ बजे नेपालमा अवतरण गर्नुभएका कतारी राजा बुधबार दिउँसो २ वजे आफ्नो निजी विमानबाट स्वदेश फर्किनुभएको हो ।
कतारका अमिर (राजा)को नेपालमा भव्य स्वागत भएकोे छ । राजा थानीको स्वागतार्थ मंगलवार राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । राजाको सम्मानार्थ नेपाली शेनाले २१ तोपको सलामी दिएको थियो ।
कतारी अमिर थानी एएरपोर्टबाट सिधै राष्ट्रपति निवास शितलनिवास पुग्नुभयो, जहाँ राष्ट्रपति पौडेल र कतारी राजा थानीवीच शिष्टाचार भेटवार्ता भएको थियो । त्यसपछि राष्ट्रपति पौडेलले राजा थानीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो ।
बुधवार १०ः३० बजे कतारी राजा थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवीच दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर समेत भयो । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरवीचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो ।
यस्तै छ वटा विषयमा सझादारी पनि भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरू बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कतारी राजालाई विदाई गर्नुभएको थियो । सो विदाईको अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
[ यो पनि--कतारका अमिर नेपाल भ्रमणमा }
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान