भदौ २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ वुइपास्थित पञ्चरदोबाटो टोल बिकास समितिद्धारा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा असोज १ गते सोेमवारको दिन खुल्ला लोक दोहोरी प्रतियोगिता सञ्चालन गर्ने भएको छ । उक्त दिन खुल्ला लोकदोहोरी प्रतियोगिता, संगिनीनाच, तिज गितमा खुल्ला लोकनृत्य, साकेला सिलि नेवार समुदायको लाखे, मारुनी आदि प्रतियोगिता गर्न लागिएको पञ्चरदोबाटो टोल बिकास समितिका कार्यक्रम संयोजक धन बाहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले यो कार्यक्रमको सञ्चालन गरिने भएको हो ।
उक्त खुल्ला लोक दोहोरी प्रतियोगिता कार्यक्रममा प्रतियोगीहरुलाई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था पनि गरिएको छ । खुल्ला लोकदोहोरी कार्यक्रममा प्रथम हुनेला्र्ई रु. १० हजार, द्धितिय हुनेलार्ई रु. ८ हजार, तृतिय हुनेलाई रु. ५ हजार र सान्त्वना हुनेलार्ई रु.३ हजार रकम पुरस्कारको ब्यबस्था गरिएको छ । ( लोक दोहारीको शिर्ष भाका खोटाङ जिल्ला बुर्ईपा बजार , सम्झनामा आउछेउ हजार भन्ने रहेको छ )
पन्चरदोबाटो टोल बिकास समितिद्धारा आयोजना गरिन लागिएको तिज बिशेष कार्यक्रममा प्रायोजकहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुर्ईपा वडाकार्यलय, बिजयखर्क मैतृ समाज काठमान्डौ महानगरपालिका १०, समाजसेवीद्धय राजनशेर रार्ई र देबविक्रम रार्ई रहनुभएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनु भयो ।
विशेषतः यो चाडमा माइती(बाबु आमा,दाजुभाइ) ले छोरी/चेली लाई घरमा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ। यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाएर तिज मनाउने गरिन्छ । तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व को रुपमा लिएको छ । आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।