असार १७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लालाई यो वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । गत वर्षहरुमा झैँ यो वर्ष पनि जिल्लाका सबै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लाभित्रका सबै बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चितता भएसँगै आषाढ १८ गते मङ्गलबार जिल्लालाई एक समारोहका वीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
१६ महिनादेखि पाँच वर्षमुनिका छ हजार ४२२ जना वालवालिकाहरुलाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१३ किसिमका) खोप लगाइएको र जन्मिएदेखि १५ महिनासम्मका दुई हजार ८८१ जना बालबालिकालाई उक्त खोप नियमित लगाउदै आइरहेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख चौलागाईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गरिनुका साथै सबै स्थानीय तहका तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मानसमेत गरिएको छ ।
घोषणा कार्यक्रममा आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने/गराउने, खोप कार्यक्रममा कसैलाई पनि नछुटाउने तथा छुट्न नदिने र नेपाल सरकारको खोप सम्बन्धि कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयक्त हस्ताक्षरसमेत गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान