जेठ १३, २०८१ , खोटाङ
केएफए खेलकुद पत्रकारिता पुरस्कारबाट राजकुमार भट्टराई पुरस्कृत
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेलवजारस्थित निर्माणाधिन माटिकोरे रंगशालामा आयोजना गरिएको सुचन राई स्मृति केएफए दिक्तेल हलेसी मेयर कप आमन्त्रित फुटवल प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ ९ गतेदेखि शुरु गरिएको सुचन राई स्मृति केएफए दिक्तेल हलेसी मेयर कप आमन्त्रित फुटवल प्रतियोगिता आयोजक टिम खोटाङ फुटवल एकेडेमीले प्रथम उपाधि हात पार्दै जेष्ठ १२ गते सम्पन्न भएको हो ।
विगतमा दिक्तेल हलेसी मेयर कप फुटवल प्रतियोगिताको नामबाट सञ्चालन हुदै आइरहेको प्रतियोगितालाई नै यस वर्षदेखि सुचन राई स्मृति केएफए दिक्तेल हलेसी आमन्त्रित फुटवल प्रतियोगिताको रुपमा खेलाउन शुरु गरिएको आयोजकले जनाएको छ । खोटाङ फुटवल एकेडेमीका सहसचिव तथा खेलाडी सुचन राईको केही दिन अगाडि असामयिक निधन भएपछि उहाँको स्मृतिमा मेयरकपलाई खेलाउन नगरपालिकाहरुसँग सहमति भए अनुसार सुचन राई स्मृति केएफए मेयर कपबाट प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ ।
प्रतियोगितामा आयोजक टिम खोटाङ फुटवल एकेडेमीले सोल्मा स्पोर्टस क्लवलाई २–१ गोलले हराएर प्रथम घोषित हुदै नगद रु १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता टिम सोल्मा स्पोर्ट्स क्लवले रु.७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेल प्रारम्भ भएको केही क्षणमै सोल्मा स्पोर्ट्स क्लवका एक खेलाडीले रेडकार्ड पाएपछि आठ खेलाडीमा सिमित हुदै प्रतियोगिताको सामना गर्नु परेको थियो ।
प्रतियोगितामा सोल्मा स्पोर्ट्सका विकेन राई उत्कृष्ट खेलाडी घोषित हुदै रु ५ हजार पुरस्कार तथा प्रमाणपत्र पाएकाछन् । यस्तै धेरै गोल गर्ने केएफए का सुजन माझी र सोल्मा स्पोर्टसका विकेन राईले जनही रु ३ हजार पुरस्कार प्राप्त गरेकाछन् । उनीहरुले खेल अवधिभर ४/४ गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट गोलकिपरका रुपमा केएफएका रोहण परियार, उदीयमान खेलाडीमा केएफए निलोका पास्कल बस्नेत, वेष्ट डिफेण्डरमा केएफएका शैलेश वजिमय र उत्कृष्ट प्रशिक्षकमा केएफएका प्रशिक्षक रोशेश श्रेष्ठ छानिएका छन् । उनीहरुले जनही रु २५ सय नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकाछन् ।
सोही अवसरमा पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर योगदान पुराए वापत पत्रकार राजकुमार भट्टराई केएफए खेलकुद पत्रकारिता पुरस्कार–२०८१ बाट रु ५ हजार नगद तथा पमाणपत्र सहित पुरस्कृत हुनुभएको छ । पत्रकारिताको माध्यमबाट जिल्लाको खेल क्षेत्रको बृत्ति र विकासमा पुर्याएको योगदानको कदरस्वरुप पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी शैंजूले बताउनुभएको छ ।
वि.सं. २०७५ सालदेखि हलेसी एफएमबाट सञ्चारक्षेत्रमा प्रवेश गरी विभिन्न अन्य चर्चित एफएमहरुमा अनुभव बटुलि सक्नुभएका पत्रकार भट्टराई हाल रुपाकोट खवरसँग आवद्ध हुनुहुन्छ । उहाँ गोरखापत्र दैनिकको खोटाङ सम्वाददाताको रुपमा पनि कृयाशिल हुनुहुन्छ । निष्पक्ष, इमान्दार र समाजका विकृति विसंगतिको चिरफर गर्न कृयाशिल पत्रकारका रुपमा चाँडै छवि बनाउन सकेका भट्टराई पछिल्लो समय भ्यूज अफ नेपालमा समेत आवद्ध भएर समाजका सुक्ष्म गतिविधिहरुलाई उजागर गर्दै आइरहनुभएको छ ।
केएफए खेलकुद पत्रकारिता पुरस्कार–२०८१ गैहण गर्दै पत्रकार राजकुमार भट्टराई
त्यस्तै सोही अवसरमा राष्ट्रिय अन्डर १३ फुटवल टिममा छनौट हुन सफल केएफएका प्रशिक्षार्थी एन्जल राई लगायत प्रदेशसम्म छनौट हुन सफल अन्य प्रशिक्षार्थीहरुलाई समेत सम्मान गरिएको छ ।
खेलको मूख्य प्रायोजक दिक्तेल रुपाकोट मझुवागढी तथा प्रायोजक हलेसीतुवाचुङ नगरपालिका रहेकोे जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।