बैशाख १४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका कारण घरगोठ जलेर आहत बनेका परिवारहरुलाई तत्काल राहत प्रदान गरिएको छ । बाराहापोखरी गाउँपालिका तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा वाराहापोखरीबाट विहीवार आगलागीका कारण आहत परिवारहरुलाई राहत रकम तथा सामाग्री प्रदान गरिएको हो ।
बैशाख १२ गते विभिन्न सामुदायिक वनबाट डढेलो लाग्न शुरु भै वस्तिमा समेत फैलिएर घर गोठ आगलागी भै सबैभन्दा वढी क्षति पुराएका सनमान मगरलाई रु ४० हजार, त्यसैगरी अन्य पीडित परिवारका मोहनलाल मगरलाई रु ३० हजार, उर्मिला राईलाई रु ३० हजार राहत रकम गाउपालिकाबाट प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले बताउनुभयो ।
गाउँपालिकाबाट अन्य अग्निपीडित परिवारहरुमा भद्रसिं थापा मगरलाई रु. २५ हजार, पूर्णबहादुर मगरलाई रु. २५ हजार, नगेन्द्र मगरलाई रु २५ हजार, बमबहादुर मगरलाई रु. २५ हजार, पदमबहादुर कटवाललाई रु. २५ हजार तथा सुमन मगरलाई रु .२५ हजार राहत रकम प्रदान गरिएको सूचना अधिकारी पोखरेलले जानकारी गराउनुभयो ।
अग्निपीडितहरुलाई विहीवार घटनास्थलमै पुगेर गाउपालिकाको तर्फबाट अध्यक्ष शालिकराम बन्जाराले राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी अग्निपीडित ९ घर परिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा वाराहापोखरीले त्रिपाल, भाडाकुडा, सिरक, कम्वल, सिरानी तथा लाउने कपडा १÷ १ सेट उपलव्ध गराएको रेडक्रस उपशाखा सभापति भुवन श्रेष्ठले जानकारी दिनुभएको छ । अग्निपीडित मध्ये पाँच घर परिवारलाई उहाँहरुको तत्काल खानका लागि समेत अन्नपात सबै आगलागीमा नष्ट भएको हँदा तत्काललाई खाध्यान्न सामाग्रीहरु २० केजि चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल प्रति परिवारलाई उपलव्ध गराइएको रेडक्रस उपशाखा सभापति श्रेष्ठले बताउनुभयो ।
स्थानीयवासी मिलेर अग्निपीडित परिवारहरुका लागि थप सहयोग गरिने समेत उहाँले बताउनुभयो ।
[ यो पनि -डढेलोको प्रकोपमा खोटाङ }
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।