फागुन ३०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको विभिन्न स्थानमा डढेलो लागेर क्षति पुगेको समाचारहरु प्राप्त भैरहेकाछन् । गर्मी मौसम शुरु भएसँगै खोटाङको रावावेशी गाउँपालिका, खोटेहाङ गाउँपालिका, हलेसीचुवाचुङको राजापानी लगायत अन्य ठाउँमा डढेलोबाट क्षति पुगेको थाहा भएको छ ।
यसैगरी दिप्रुङ चुर्ईचुम्मा गाउँपालिका–४ बतासे, खिसाकास्थित ठुलो भिर बाह्रबिसे सामुदायिक वनमा लागेको डढेलो फैलदै नजिकैको मानववस्तिमा समेत क्षति पुगेको समाचार प्राप्त भएको छ ।
डढेलोबाट पुगेको क्षति
जंगलमा लागेको डढेलो फैलदै बतासे–४ खिसाकाको वस्तिमा रहेको घर मतान जलेर नष्ट भएको जनाइएकोछ । आगलागीका कारण स्थानीय जीबन रार्ईको घर मतान, तारा रार्ईको मतान, जीतबहादुर रार्ईको ३ वटा मतान जलेर ठुलो मात्रामा क्षति पुगेको छ ।
दिप्रुङचुइचुम्मा गाउँ कार्यपालिका सदस्य निर्मला श्रेष्ठ कसजुले हलेसी एफएमलाई जानकारी दिए अनुसार जीतबहादुर रार्ईको ४ वटा खसी, १ वटा बाछा, ३ वटा पाठी जलेर क्षति पुगेको छ । आगलागीबाट समग्रमा के कति क्षति भएको एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।
डढेलो नियन्त्रणको लागि गाउँलेहरुको समूह लागिरहेको तर हावाहुरीको कारणले गर्दा नियन्त्रण गर्न कठिन भैरहेको थाहा भएको छ । आगो कहाँबाट र कसरी उत्पन्न भएको एकिन हुन सकेको छैन । जंगलमा डढेलो आज विहान ११ बजे बाट शुरु भएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राई हाल छिमेकी देश चीनको भ्रमणमा रहनुभएकोले त्यहीबाट सामाजिक सन्जालमार्फत डढेलो तथा आगलागीका कारण हुन गएको यस घटनाप्रति दुःख प्रकट गर्दै विदेश भ्रमण छोट्याएर पालिकामा आई तत्काल पीडित परिवारहरुलाई सहयोग गर्ने जनाउनुभएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !