जेठ १९, २०८१ , खोटाङ
‘किराती सभ्यताको जगेर्ना गर्न गाउँपालिका प्रतिवद्ध रहेको छ’-अध्यक्ष रविप्रकाश राई
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका–२, रतन्छामा साकेला शिली प्रतियोगिता सम्पन्न भएको छ । किरात राई यायोक्खा र किरात राई चाम्लिङ खाम्मातिम वडा कार्य समिति रतन्छाको आयोजनामा शुक्रबार स्थानीय दारुलाटार खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमका केही झलकहरु
किरात राई यायोक्खा वडा कार्य समिति रतन्छाका अध्यक्ष चुनु राईको अध्यक्षता तथा साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो । किरात राईहरुको प्रमुख पर्व साकेला उभौली (धिरिनाम)को अवसरमा राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवर्द्धन गरि संस्कृति संरक्षणलाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताईएको छ ।
पाँच वटा प्रतियोगि समूह सहभागी कार्यक्रममा युवा जनसाँस्कृतिक परिवार माचस्का प्रथम, पारुहँ युवा सेवा समाज दोश्रो, किरात भुसुरी यायोक्खा बुतेपा तेश्रो तथा महरुङ्ग मिश्रित सामुदायिक संस्था सान्त्वना भएका छन् ।
विजयीहुने सबै समूहलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पुरस्कार हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा प्रथम हुने समूहलाई पन्ध्र हजार रुपैंया बराबरको एकथान ढोलझ्याम्टाको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै दोश्रो हुनेलाई १२ हजार रुपैंया बराबरको ढोलझ्याम्टाको साथमा प्रमाणपत्र, तेश्रो हुने समूहलाई ९ हजार बराबरको ढोलझ्याम्टाको साथमा प्रमाणपत्र र सान्त्वना हुने समूहलाई ६ हजार रुपैंया बराबरको एक जोर झ्याम्टाको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
साकेला शिली नाच प्रतियोगितामा देशवीर राई, भिम बहादुर राई र धिराज राईले धामी (नछुङ)को भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले किराँती संस्कार र सभ्यताको जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो—‘किराती सँस्कृति र सभ्यता बचाउन गरेको कोशिष सह्रानीय छ यसलाई बढाउँदै लैजानुपर्छ ।’ उहाँले किराँती संस्कार र सभ्यतालाई फराकिलो मन, उच्च विचार, उच्च सोंच बनाएर अघि बढ्नुपर्ने बताउनुहुँदै साकेला गाउँपालिकाले सभ्यतालाई जगेर्ना गर्न कुनै कन्जुस्याई नगर्ने र आगामी दिनमा सहयोग प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताले साकेला सिलीको विषयमा जानकारी गराउने, भाषा, कला, ज्ञानसीप, संस्कार र संस्कृतिको जगेर्ना गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर राईबीचमा सद्भाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको विषयमा समान बुझाईको विकास गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । ‘हाम्रो संस्कृति—हाम्रो पहिचान, संस्कृति संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा मछामा–बेसारा–सेन्हमा–वापा लगायतका शिली प्रस्तुत गरिएको थियो । प्रतियोगिताले किरात राईहरुको संस्कृतिलाई बचाई राख्न मद्दत पुग्ने बताईएको छ ।
प्रतियोगितामा साकेला गाउँपालिका उपाध्यक्ष एवम् किरात राई यायोक्खा केन्द्रीय सदस्य बिर्सिका राई, यायोक्खा केन्द्रीय सदस्य अञ्जना राई, पूर्व जिल्ला विकास समिति उपसभापति बाबुराम राई, वडाध्यक्षहरु जितेन्द्र कुमार राई, गोविन्द तामाङ सहित जनप्रतिनिधि, समाजसेवी, राजनैतिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।