जेठ ०५, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक औपचारिक समारोहका वीच पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरेको छ । १६ महिना देखि २३ महिना उमेर समूहका सबै बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि विहीवार औपचारिक समारोहका वीच दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हा ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको सभापतित्वमा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्व समितिका प्रमुख एवं पूर्ण खोप समन्वय समिति संयोजक सनबहादुर राईले पूर्णखोप सुनिश्चितता घोषणा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै व्यानर पढेर नगरपालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको घोषणा गर्नुभएको थियो ।
राष्ट्रिय खोप तालिका अनुसार नगरका १५ ओटै वडाका खोप लगाउने उमेर समूहका ३ सय ८४ जना बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले जानकारी दिनुभयो ।
अन्तिम खोप लगाउन छुटेको भेटिएका बाम्राङका तीन जना बालबालिकालाई पनि खोप लगाइएको छ । यस्तै १६ महिनासम्म कुनै खोप नलगाएको खार्मीमा एक बच्चा भेटिएका थिए । उनलाई पनि पूरा खोप लगाइएको थाहा भएको छ । नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको स्वास्थ्य कार्यालय प्रमुख पूण्यप्रसाद सिग्देलको भनाइ छ ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएका सबै वडाका खोप लगाउने स्वास्थ्यकर्मी र नगरपालिकाका २ जना स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
यो वर्ष हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै साकेला र बराहपोखरी गाउँपालिकाले सुनिश्चितता घोषणा पालिका गरिसकेका छन् । हलेसीतुवाचुङ नगरपालिका र रावावेशी गाउँपालिकाले पूर्णखोप निर्देशिका २०७७ अनुसार सबै प्रकृया गरिसकेको जनाइएको छ । ती पालिकाहरुलाई पूर्णखोप सुनिश्चितताको घोषणा गर्न अनुमति दिइसकको स्वास्थ्य कार्यालयले जनाएको छ । अब बाकी रहेका स्थानीय तहले घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले बताउनुभयो । खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आएको छ ।
पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेकपा माओवादी केन्द्र खोटाङका सचिव जीवन राई ‘संगीन’, नेकपा एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलशेर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको नगरले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !